सुर्खेत: नेपाल प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्ष नरेशसिंह थापा सर्वसम्मत चयन भएका छन्।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो।
त्यस्तै, खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन भएका छन्।
यस्तै, सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बि.क, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन भएका छन्।