जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।
नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् ।
मधेश प्रदेशमा जसपाको १६ जना प्रदेशसभा सदस्य छन्। तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, नागरिक उनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १-१ तथा ३ जना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ।
उनले मुख्यमन्त्रीको रुपमा पुस २९ गते शपथग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ।