काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा भईरहेको नेपाल टी–२० लिगको फाइनल खेलमा बुधबार लुम्बिनी अल स्टारले विराटनगर सुपर किङ्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अल आउट भयो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो ।
लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए ।
यस प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।
विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
लुम्बिनीले प्लेअफको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता प्लेअफको इलिमिनेटरमा काठमाडौं किङ्सलाई पराजित गरेको विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लिगको विजेताले ५५ लाख रुपैयाँ र उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले १० लाख र चौथो हुने टिमले पाँच लाख पाउनेछन् । लिगमा जनकपुर तेस्रो र काठमाडौं चौथो बनेको छ ।