२० चैत, रुकुम पश्चिम । चौरजहारी नगरपालिकाले तीन नगर बस सञ्चालनमा ल्याएको छ । चौरजहारीको मुख्य बजार बसपार्क देखि १२ नम्बर वडाको जुम्लिपोखरी सम्म नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको खरिदमा चौरजहारीमा तीनवटा वस सञ्चालनमा आएका छन । शुक्रबार चौरजहारीका मेयर विशाल शर्माले जुम्लिपोखरीबाट एक नगर बसको उद्घाटन गरेका छन । स्थानीयलाई यातायातको पहुँचमा प्रत्यक्ष जोड्नको लागि उक्त बसहरु सञ्चालनमा ल्याएको मेयर शर्माको दाबी छ ।
मेयर शर्माले भने, “अहिले सम्म नगर बस सेवा अन्तर्गत १२ नम्बर वडाको जुम्लिपोखरी सम्म बस सञ्चालनमा आएको छ ।” उक्त बस विहान जुम्लीपोखरीबाट चौरजहारीका लागि बस छुट्ने छ भने बेलुका चौरजहारीबाट जुम्लिपोखरीका लागि नगर बस छुट्नेछ । बसपार्कबाट नगरपालिका, कोटजहारी, न्याउली बजार हुँदै नगर बस जुम्लिपोखरीसम्म चल्न सुरु भएको छ । भने, नगरपालिकाका भित्रका सबै रुटमा पुगेको मेयर शर्माले बताए ।
नुवाकोट–खोलागाउँ–चौरजहारी एउटा रुट, चौरजहारी–खागल–जुम्लिपोखरी अर्को रुट र चौरजहारी–लहरेसिमल–खोलागाउँ अर्को रुटमा नगर बस चलिरहेको बताए । वडा नम्बर १, २, ४, ५, र १० मा एउटा लामो रुट कायम भएको छ । वडानम्बर २, ३, ७,९, ६ र १२ भेटाउने गरी अर्को रुटमा नगर बस गुड्छ भने वडा नम्बर १,२,३,७,६,११,१३ र १४ मा पुग्ने गरी नगर बसको रुट कायम गरिएको छ । नगरपालिकाको सहुलियत भाँडा दरमा नगर वस सञ्चालन भएका छन ।