ललितपुर : ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि आउँदो शनिबार निर्वाचन हुँदैछ ।
निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन्।
बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला)मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै सदस्यहरुमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिए।
त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिए ।
महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यहरुमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिए।
निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले शनिबार हुने निर्वाचनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा ८१२ मतदाता छन् ।