सुर्खेत: यही माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो ।
सभामुखमा निर्वाचित उनी सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख हुनुहुन्छ । विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएकी थिइन ।
आमा बुवासहित परिवार बसाइँ सरेपछि उहाँको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उहाँले प्रारम्भिक शिक्षा बर्दियाबाट लिए। घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो ।
त्यही प्रभावले आठ–नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उनले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियू छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले विसं २०४६ पछि नेकपा (एमाले)को राजनीतिमा जोडिए ।
एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गरेकी थिइन् । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरेका छन् । पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका–२ (साविकको उत्तरगङ्गा गाविस–४ सुर्खेत)को वडासदस्यमा विजयी भएकी थिइन् । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उहाँले पति धर्मबहादुर गुरुङलाई गुमाउनुपर्यो ।
एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उनले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर–१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६÷६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गरेकी छन् ।
अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आउनुभएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य थिए । उन एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशील छन् ।
हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि छन् । तीन दाजु र आफूसहित एक बहिनी भएकी नव निर्वाचित सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् ।