काठमाडौँ : विश्वकै शक्तिशाली र चर्चित दुई क्लब रियल मड्रिड र बार्सिलोनाबीच फेरि एकपटक ला लिगा उपाधि भिडन्त हुने भएको छ । यद्यपी क्लब फूटबल लिगमा फाइनल भिडन्त त हुँदैन । तर लगातारका खेल र जितअनुसार जसले बढी खेल जितेर बढी अंक बटुल्यो, उसैले लिग उपाधि जित्ने भएकाले पनि ला लिगा उपाधि भिडन्त रोचक हुने भएको हो ।
यो सिजनको २४ ओँ खेलसम्म रियल र बार्सिलोना ५१ अंकको बराबरीमा छन् । एक समय रियल झण्डै १० अंकले अघि थियो । तर पछिल्ला खेलमा रियलले केही खेल नाटकीय रुपमा हार्दा केही खेल बराबरीमा टुंग्यायो । जसको फाइदा बार्सिलोना र एट्लेटिको मड्रिडले उठाएका छन् ।
पछिल्ला खेलमा रियल ओसासुना जस्तो कमजोर क्लबसँग बराबरीमा रोकिएको थियो । त्यसअघि उसले इस्पानियोलसँग १ शून्य गोलले हारेको थियो । बार्सिलोनाले भने पछिल्ला खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । हालैको एल क्लासिकोमा शक्तिशाली जित दर्ता गर्दा स्पेनिस सुपर लिगमा पनि बार्सिलोना रियललाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।
सोमबार मात्रै बार्सिलोनाले रायो भालोकानोलाई १ शुन्य गोलले हराउँदै रियलसँगको अंकदुरुी बराबरी गर्न सफल भएको हो । समान ५१ अंक भएपनि बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको छ ।
अब रियलले उापधि जित्न केवल जित मात्रै खेल्नछ । च्याम्पियन्स लिगकै सर्वाधिक सफल र वर्तमान विश्वको एक नम्बर फूटबल क्लब रियललाई यतिबला हराउने टिमका रुपमा बार्सिलोना छ । सोही कारण पनि रियल बार्सिलोना देखि केही डराएको अवश्वय छ ।
पछिल्लो पटक रियलले च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीलाई उसकै मैदानमा हराएको छ । र, घरेलु मैदानमा फेरि हराउँदै प्लेअफबाट उपाधि होडमा अघि बढ्ने रियलको तयारी छ । यस्तोमा ला लिगा उपाधि गुमाउन रियल तयार हुनै सक्दैन ।
तर उसले यसका लागि बार्सिलानाको चुनौति पन्छाउन भने सक्नैपर्छ ।