काठमाडौं : सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन् । प्राविधिक सिप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र–२, २०२५’ मा सहभागी १०० टाटा गुरुमध्ये सुनार नम्बर एक बन्न सफल भएका हुन् ।
काठमाडौंस्थित होटल क्राउन इम्पेरियरमा १ फागुनमा आयोजित ‘सिपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
टाटा मोटर्सद्वारा उत्पादित तथा वितरीत टाटा जेनुइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा देशभरिका टाटा गुरु-मेकानिक्स प्राविधिकहरूको सहभागिता रहेको थियो ।
टाटा गुरु विजेता अभिषेकसँगै दोस्रो हुने लालबहादुर नेगी, तेस्रो हुने ब्रह्मानन्द चौधरी र सञ्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा आठौं स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, श्रवनकुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिराज खात्री समेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने अवसर पाएका छन् ।
सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले टाटा गुरुहरूलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रूपमा अगाडि बढाउन टाटा मोटर्स सिप्रदी अटोपार्ट्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको बताए ।
देशभरिका १०० जना टप टाटा गुरु सहभागी कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले निजी क्षेत्रका प्राविधिकहरूको सिप र दक्षता अभिवृद्धि गर्नका लागि सिप्रदी र टाटा मोटर्स सदैव तयार रहेको बताए ।
टाटा मोटर्सका हेड सीभीआईबी कस्टमर केएर राकेश मित्तलले सम्पूर्ण टाटा गुरुहरूलाई समयसँगै सिप र प्रविधिमा अपग्रेड हुन जरुरी रहेको बताए ।
कार्यक्रममा उपस्थित टाटा गुरुहरूलाई रोयल इनफिल्ड मोटरसाइकल १ थान, पल्सर १५० सीसीको २ थान, एफजेट १ थानका साथै टीभी, फ्रिज, मोबाइल, वासिङ मेसिन लगायतका सामग्री वितरण गरिएको थियो ।