काठमाडौँ : १६ वर्षकै उमेरमा विश्वकप फूटबलको उपाधि जितेपछि किलियन एम्बाप्पेको चर्चा सुरु भैसकेको थियो । रुस विश्वकपको फाइनलमा क्रोएसियालाई हराउँदै फ्रान्सले विश्वकप ट्रफी उचाल्दा एमबाप्पे एक प्रमुख खेलाडी थिए । उनले फाइनलमा एक गोल गर्दा अर्को गोलका लागि ग्रिजमेनलाई पेनाल्टी अवसर सिर्जना गराएका थिए ।
खेलमा रोक्नै नसकिने खेलाडीका रुपमा एमबाप्पे उदाएका थिए । यसलाई प्रमाणित गर्ने काम एम्बाप्पे स्वयंमले सन् २०२२ को कतार विश्वकप फाइनलमा गरे । विश्व चर्चित लियोनल मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेर विश्व फूटबललाई चकित पारेका एमबाप्पेले त्यसयता आफूलाई नयाँ सुपरस्टारका रुपमा स्थापित गरेका थिए ।
आफूले पाएको मौका खेर नफाली सिधै गोलपोस्टमा बल चुमाउन सक्ने सामथ्र्य भएका एम्बाप्पेले लगातार दोस्रोपटक विश्वकप जित्न त सकेनन्, तर पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । त्यसपछि एक्लो प्रयासमा उनले फेरि पीएसजीलाई सेमिफाइनलसम्म पुर्याए पनि उपाधि चुम्न सकेनन् । विश्वकप जितिसकेका एम्बाप्पेले अहिलेसम्म क्लब फूटबलमा च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।
क्लब फूटबलमा च्याम्पियन्स लिग सबैभन्दा ठूलो उपाधि र प्रतिष्ठा मानिन्छ । त्यसका लागि एम्बापपे रियल मड्रिड आइसकेका छन् । र, म्यान्चेष्टर सिटीविरुद्ध दोस्रो लेगमा ह्याट्रिक गर्दै एमबाप्पेले रियलमा शक्तिशाली राजको सुरुवात गरिसकेका छन् । उनले पहिलो लेगमा पनि गोल गरेका थिए । रियलमा सुरुका खेलमा गोल तथा प्रदर्शनका लागि संघर्ष गरेका एमबाप्पेले ठूला खेलमा आफूलाई प्रमाणित गर्दै आइरहेका छन् ।
यद्यपी उनले सुरुमा कोपा डेल रे फाइनल कतारमा हारे । त्यसपछि उनले एल क्लासिको खेल पनि हारे । तर पछिल्लो समय उनको रियलमा ट्यानिंग सबै खेलाडी तथा टिमसँग खेल्दै गएको छ । उसो त रियललाई यो सिजन चुनौति धेरै छ ।
ला लिगामा रियल बार्सिलोनाको बराबरीमा छ । च्याम्पियन्स लिगमा सिटीको चुनौति पन्छाएपनि पीएसजी एट्लेटिको मड्रिड र लिभरपुल जस्ता शक्तिशाली टिमको चुनौति बाँकी नै छ । यी सबै चुनौति पन्छाउन रियल सबैभन्दा बढी एम्बाप्पेको भरोसामा छ ।
टिममा भिनिसियस जुनियर जुड बेलंिघम तथा रोड्रिगो जसता उम्दा खेलाडी पनि छन् । तर रियललाई जित दिलाउन एमबाप्प धेरै नै भरोसायोग्य खेलाडीमा गनिएका छन् । अब यी सबै चुनौति पन्छाउँदै रियलले ला लिगा र च्याम्पियन्स लिग जितेमा एमबाप्पेले साच्चै नै क्रिष्टियानो रोनाल्डोको लिगेसी पछ्याउन सक्नेछन्, अन्यथा रोनाल्डोको राज र रेकर्ड जित्न एम्बाप्पेलेलाई अझै धेरै वर्ष कुर्नू पर्ने हुन सक्छ ।