गर्मी मौसममा अत्यधिक पसिना, डिहाइड्रेसन र भोक नलाग्ने समस्याले शरीरको तापक्रम असन्तुलित बनाउँछ। यस्तो अवस्थाले विभिन्न रोगको जोखिम बढाउँछ। यस्ता समस्या कम गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी छ।
डाइटिसियन डा. प्रिया गुप्ताले गर्मीमा शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्ने र नोक्सान पुर्याउने खानेकुराबारे सुझाव दिएकी छन् ।
गर्मीमा खाने उपयुक्त ५ खानेकुरा
यी खानेकुराले शरीरलाई चिसो राख्ने, पानीको कमी हुन नदिने र डिहाइड्रेसनबाट जोगाउने गर्छन
दही – शरीर चिस्याउने, पाचन सुधार गर्ने र आन्द्रालाई स्वस्थ राख्ने।
कागती पानी – इलेक्ट्रोलाइट ब्यालेन्स कायम राख्न सहयोगी।
काँक्रो – पानीको मात्रा उच्च, चिसो अनुभूति दिने।
खरबुजा – हाइड्रेसनका लागि भरपर्दो फल।
अंगुर – एन्टिअक्सिडेन्टयुक्त, शरीरलाई चिसो राख्न मद्दत गर्छ।
गर्मीमा यी ५ खानेकुरा खानबाट बच्नुहोस्
यी खानेकुराले शरीरमा गर्मी बढाउने भएकाले सम्भव भएसम्म टाढा रहनु उचित हुन्छ
रातो मासु – पचाउन गाह्रो र गर्मी उत्पन्न गर्ने।
मसालेदार खाना – शरीरको तापक्रम बढाउने।
फास्ट फूड – तेल, मसला र प्रोसेस्ड तत्व बढी हुने।
कोल्ड ड्रिङ्क्स – तत्काल चिसो लागे पनि दीर्घकालीन रूपमा डिहाइड्रेसन बढाउने।
चिया-कफी – क्याफिनले डिहाइड्रेसनको सम्भावना बढाउँछ।