काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित भएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबारसम्म ५ जनाले ज्यान गुमाएका भारतमा आइतबार थप दुई जनाको ज्यान गएको हो । अहिलेसम्म झण्डै ३ सय ५० जना बिरामी परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
इटाली जस्तै भयावह आउने जोखिम बढेपछि भारतले रेल, यातायात र बजार बन्द गरिदिएको छ । आइतबार जनता कर्फ्युका नाममा भारतले लकडाउन शुरु गरेको हो । कफ्र्युसँगै भारतले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर लकडाउन शुरु गरेको हो ।
भारतीय लकडाउनप्रति धेरैले प्रशंसा गरेका छन । एयरलाइन्स र सार्वजनिक यातायात बन्द गरेपछि जोखिम घटेको र बाँकी सबै किसीमका समस्यालाई पार लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबी छ । तर अहिले विरामी संक्रमितको उपचार गरेर लकडाउनलाई थप लम्ब्याउने पनि उसको रणनीति छ ।
नेपाल कहिले लकडाउन हुन्छ ?
यो समाचार तयार पार्दासम्म नेपाल भने खुल्लै छ । कञ्चनपुरले आइतबार रातीदेखि लकडाउन शुरु गर्ने भनेपनि सीमा नाका दुई दिनपछि मात्रै बन्द गर्ने निर्णय गरेको छ । तर संघीय सरकारले अत्याश्वयकबाहेकका सेवा बन्दा गर्दा अहिलेसम्म भारतसँगका सीमानाका र लकडाउनबारे कुनै औपचारिक निर्णय गरेको छैन ।
सोमबारदेखि एकदेखि अर्को जिल्लासम्म गाडी चल्न बन्देज गरिएको छ । भीडभाड हुने सरकारी तथा निजी कार्यालय बन्द गर्न आह्वान गरिएको छ भने घरमै बसेर सुरक्षित रहन सार्वजनिक अपील भइरहेको छ ।
अहिले संक्रमितको अवस्था नभएर पनि जोखिलाई सामान्य ठानेको सरकारले लकडाउन नगर्दा धेरैको चिन्ता थपिएको छ । सत्तारुढ दलका सांसदले भारतसँगका सीमानाका बन्द गर्न माग गरेपनि केही जिल्लाले भने आइतबार रातीदेखि भारतसँगका सीमानाका बन्द गर्ने तयारी गरेका छन । दांग जिल्लाले भारतसँगका २६ वटै सीमानाका बन्द गर्ने घोषणा गरेको छ ।
तर लकडाउन नभएसम्म जोखिमको अवस्था नघट्ने भएकाले तत्काल लकडाउन गर्न सरकारमाथि सार्वजनिक दबाब बढेको छ ।