२६ चैत, रुकुमपश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएको छ । बुधबार भएको निर्वाचनमा ६० मत प्राप्त गरि अध्यक्षमा केसी निर्वाचित भएका हुन । उनको प्रतिष्पर्धामा उत्रिएका हरि गौतमले ४७ मत प्राप्त गरेका थिए । रुकुम पश्चिमको शाखामा १ सय २३ मतदाता रहेका थिए । उक्त मध्ये १ सय ७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सचिवमा लक्ष्मण प्यानलबाट हिरा परियार निर्वाचित भएकी छन । यस्तै खुला उपाध्यक्षमा हरि प्यानलबाट गोपालप्रसाद रेग्मी विजयी भएका छन । भने, सहसचिवमा नारायण ओली, सह सचिव ( समावेशी ) मा पवित्रा खड्का, कोषाध्यक्षमा ज्ञानु गौतम निर्वाचित भएका हुन । भने, दलित सदस्यमा डिल्लीराज विश्वकर्मा , जनजाती सदस्यमा केशर पुन, सदस्य (समावेशी)मा प्रमिला बुढा, सदस्यमा छिमा केसी विजयी भएका हुन ।
यो संगै सदस्यमा डिल्लीबहादुर खत्री, दिपेन्द्र महतरा, दिवश पोखरेल, परिचन्द्र खत्री,राधा देवकोटा, लक्ष्मण शाह, संगम देवकोटा, सत्यबहादुर बटाला, सन्देश जैसी निर्वाचित भएका छन ।
केन्द्रीय परिषद् सदस्यमा गणेश चिन्तन, ध्रुवविक्रम बुढाथोकी, प्रविर ददेल विजयी भएका छन् । प्रदेश परिषद् सदस्यमा गणेश विक, देवकुमार ओली, तारक केसी, ध्रुवराज केसी, बालकृष्ण शर्मा, विरबहादुर मल्ल, धनविर दाहाल र शेरबहादुर केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।