३० चैत, कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका – ६ कार्कीज्युलाको सीता माध्यमिक विद्यालयको प्रधानाध्यापकमा गोरखबहादुर सिंह नियुक्त भएका छन । सिंहलाई विद्यालय व्यवस्थापन समितिले गएको चैत, १६ गते सोमबार नियुक्त गरेको थियो ।
सीता मावि – नवनियुक्त प्रधानाध्यापक सिंह पढेको विद्यालय हो । प्रधानाध्यापक सिंह विगत १५ बर्ष देखि शिक्षण पेशामा आवद्ध छन । उसो त सिंहले दुर्गमका विद्यालय देखि सुगम सम्मका विद्यालयहरुको शैक्षिक अनुभव संगालेका छन । बारेकोटबासीले अवको सीता माविको पनि फरक रुप देख्ने सिंहको भनाइ छ ।
आर्थिक अभावले गर्दा बारेकोटका अधिकांश ठाउँका विद्यार्थीहरु पढाई बाट वञ्चित भएका छन । उनीहरुलाई विद्यालयमा जोड्न आफु खट्ने प्रधानाध्यापक सिंह थपे । सोमवार कर्णाली खबरसंंग कुरा गर्दै प्रधानाध्यापक सिंहले भने, “ सीता मावि लगायतका बारेकोटका अरु विद्यालयको शैक्षिक अबस्था न्युन छ । यसलाई बृद्धि विकास गर्न आफु र आफ्नो विद्यालय लागि पर्ने छ ।”
बारेकोटमा धनीका छोराछोरीहरु बोडिङ्ग स्कुल तीर, गरिबका छोराछोरीहरु सरकारी स्कुल तीर लाग्ने प्रवृत्ति बाँकी छ । यस्तो प्रवृत्तिलाई जगबाट अन्तय गर्न लाग्ने, विपन्न विद्यार्थीहरुलाई स्कुलबाटै राहत प्रदान गरी उचित शिक्षाको पहुँचमा जोड्ने प्रधानाध्यापक सिंहले बताए । शैक्षिक अबस्थामा बद्लिदो बारेकोट, सीता माविलाई जिल्ला मै नमुनाको रुपमा परिचित गराउने सिंहको दाबी छ ।
पुर्वप्रधानाध्यापक तिलकबहादुर खत्रीले पनि विद्यालयको भौतिक, शैक्षिक अवस्थामा जोड दिनु भएको थियो । भने मेरो पालामा विद्यालयको हरेक पक्षलाई सुधार गर्ने , विद्यार्थीको शैक्षिक अबस्थालाई बृद्धि गर्ने प्रधानाध्यापक सिंहले थपे ।
सिंहले निरन्तर विद्यार्थी, अभिभावक, अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरुसंग दैलोमा पुगेर सीता माविको शैक्षिक अबस्थालाई बृद्धि गर्ने विषयकमा छलफल गर्ने गरेका छन ।