३१ चैत, खलंगा : दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटका अध्यक्ष धर्विन्द्र विकले वर्तमान सत्तामा रहेका माफियाहरुको राजनितिमा दलितलाई हली मात्र बनाएको बताएका छन । कांग्रेस, एमाले, प्रचण्ड माओवादीले दलितहरुलाई राजनितिकको माथिल्लो भुमिकामा कहिले उभिन नदिएकोे उनले भने ।
मंगलबार कर्णाली खबरसंग कुरा गर्दै अध्यक्ष विकले भने, “नेपालमा थुप्रै राजनितिक परिवर्तन भए नितिविधि परिवर्तन भए विडम्बना दलितमाथि गर्ने व्यवहार अहिले पनि जंगेको पाला जस्तै ताजा छ । प्रेम गरेकै भरमा पानी छोएकै भरमा घरभित्र पसेकै भरमा दलितहरुको दिनौदिन हत्या हुने गरेको छ ।” ठुला ठुला राजनैतिक आन्दोलनमा शहिद बनेका तीनै दलितका सन्तानहरु थिए ।
वर्तमान महंगी, माफिया दलादीहरुको सरकारले तीनै शहिदका सन्ताहरुलाई म मान्छे हुँ भन्दापनि मान्छे ठाँनिरहेको छैन । दलाल संसदीय व्यवस्थाले दलितलाई दास बनाइरहेको उनको दाबी छ ।
विकले थपे – “हिजो माओवादी प्रचण्डहरुले गरेको एउटा क्रान्ति थियो जस्ले दलितहरुका खोलको मुद्दा उठाएर रगतको कुलो बगायो । तर दलितको अधिकार र व्यवस्था भने प्राप्ति भएन । अब नयाँ क्रान्तिको दिशा तर्फ दलित मुक्ति मोर्चा नेपाल लागिरहेको छ । यसमा आवद्ध भइ जातीय विभेद विरुद्ध उभिन जरुरी भएको उनको दाबी छ ।
अध्यक्ष विक आइतवार जाजरकोटको बारेकोटमा सम्पन्न भएको दलित मुक्ति मोर्चा नेपालको सम्मेलनबाट अध्यक्षमा चयन भएका हुन । भने, उपाध्यक्षमा हरिष बिक र नवराज बिक, कोषाध्यक्षमा, धनकली बिक, सचिवमा राजेश बिक, सह – सचिबमा तिलक बिक र गोबिन्द बिक, चयन भएका हुन । यस्तै सदस्यमा बलबहादुर गन्दर्ब, पदम नेपाली, टेकबहादुर नेपाली, चयन भएको हुन । अध्यक्ष विक संगै १३ सदस्य चयन भएका छन । अन्य दुइ सदस्यलाई मनोनित गर्न बाँकी रहेको अध्यक्ष विकले जानकारी गराए ।