१ बैशाख, सल्यान । सल्यानमा लालीगुराँस भने जस्तो नफुलेपछि उद्योग संकटमामा परेको पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका सञ्चालक तेज बहादुर थापा बताउँछन, “ यसवर्ष उत्पादनमा कमि आएको हो । ” गत वर्षको स्टक फूलबाट अहिले जुस उत्पादन गरी रहेको तर यो वर्ष वनमा गुराँसनै नफुलेपछि उत्पादनमा कमि आएको उनको भनाई छ । उनले भने ‘यो वर्ष कच्चा पदार्थनै उत्पादन भएन । गत वर्षको केही स्टक फूल थियो त्यही स्टक फूलबाट अहिले जुस बनाई रहेका छौं ।’ विगतका वर्षहरुमा जुस उत्पादनबाट राम्रो आम्दानी भएपनि यो वर्ष भने उत्पादन नहुँदा आम्दानीमा भारी गिरावट आएको उनको भनाई छ ।
कपुरकोट गाउँपालिका ३ कपुरकोटमा उद्योग सञ्चालन गर्दै आइरहेकाका युवाले वनमा फुल्ने लालीगुँरासबाट जुस उत्पादन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् । प्रत्येक बर्ष गुराँस फुलेको समयमा जुस उत्पादन गरेर एक बतोलको १ सय ४० रुपैयाका दरले बेच्ने गरेका छन । विश्वभर फैलिएको कोरोनाका कारण प्रभाव परेपनि गत वर्ष झन्डै ५ लाख आम्दानी भएको बताउँदै उनले यस वर्ष एक लाख पनि आम्दानी हुने नहुनेमा ढुक्क नभएको बताए । विगतका वर्षहरुमा गुराँस फुल किसानहरुले बनबाट टिपेर बजारमा ३० रुपैया केजीमा बिक्रि गर्ने गर्दथ्ये । जसले गर्दा अन्य युवायुवतीहरुले रोजगारी समेत पाएका थिए ।
आउ, पखाला, कब्जीयत, रक्तचाप जस्ता अन्य रोगहरुका लागि गुराँसको फूल निकै प्रभावकारी भएको सञ्चालक थापाको भनाई छ । गुराँससँगै अमलाको पनि जुस उत्पादन गर्दै आइरहेको उनको भनाई छ । पाँच सय मिलिटिरको बोटललाई एक ४० रुपैयाँसँम्म बिक्री गर्ने गरेको थापाको भनाई छ ।
गुँरास २४ सय मिटर देखि ३८ सय मिटरको उचाईमा फुल्ने आकर्षक फूल हो । बनस्पतिविदहरु गुँरासलाई प्राकृतिक सम्पदा मान्दछन् । पछिल्लो समय गुँरासको व्यवसायिक प्रयोग बढेको छ । यसले गर्दा आम्दानीको स्रोत समेत भइरहेको डिभिजन बन कार्यालय सल्यानले जनाएको छ ।
लाली गुराँसले युवाहरुलाई व्यवसायिक रुपमा जुस उत्पादनमा अग्रसर बनाउन पनि सहयोग पुगेको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । व्यवसायिक रुपमा स्थानीय युवाले उत्पादन गरेको जुस काठमाण्डौं, नवलपरासी, नेपालगञ्ज, दाङ लगायतका जिल्लाहरुमा जाने गर्दछ ।