२ बैशाख, सिमकोट । जिल्लामा दर्ता नै नगरि होटेल तथा अन्य व्यवसाय सञ्चालन गरेको पाईएको छ । सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरि ब्यबसाय संचालन गरेको पाईएको हो ।
नमूना बिधिबाट सिमकोट बजारमा सञ्चालन गरिएका होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा दर्ता नगरेको पाईएको सुर्खेतबाट खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेष बहादुर थापाले जानकारी दिए ।
घरेलु, उद्योग बाणिज्य संघमा दर्ता नगरेका ब्यबसायीलाई पहिलो पटक चेतावनी दिएको र आगामी दिन दर्ता प्रकृया नगरे त्यस्ता ब्यवसायलाई सिल गर्ने उनले बताए । सिमकोटमा बजार अनुगमन गर्ने क्रममा सात वटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पुर्णको अनुगमन गर्ने हो भने त्यो संख्या अझै बढ्ने देखिएको हो ।
दर्ता भएका पसलहरुले पान नम्बर समेत नलिएको भेटिएका पाईएको थियो । पसलहरुलाई खाद्य र अखाद्य तथा मासु र पेय पदार्थ समेत संगै राखि बिक्री बितरण गरिएको भेटिएको होे ।
त्यस्तै पेय पदार्थ, जंङ्क फुट, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाईएकोले ती बस्तु नष्ट गर्न लगाइएको थियोे । म्याद गुज्रिएका बस्तु प्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आबश्यक रहेको छ ।
अनुगमन टोलीमा स्थानीय प्रशासनको प्रतिनिधि, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।