३ वैशाख, काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् । चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् । पूर्व कप्तान समेत रहेका पारसले प्रशिक्षण दौरान चोट बोकेका थिए ।
उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए । डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन् । पारसले टिम होटल समेत छाडिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भने औपचारिक रुपमा पारसको चोटबारे बताएको छैन ।
नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ ।नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
क्यानले घोषणा गरेको नेपाली टिम :
ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम