काठमाडौँ : सत्ता र शक्तिको बलमा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीबाट झापड दिएका छन् । सुन्दा केही नमिठो सुनिएपनि प्रधानमन्त्री तथा तर अध्यक्ष ओलीको निर्देशनलाई पैतालमा कुल्चदै माधव नेपालले कर्णालीबाट आफू र आफ्ना नेतालाई गरेको कारबाहीको जवाफ मात्रै होइन, राम्रैसँग झापड वर्षाएका छन् ।
शुक्रबार कर्णाली प्रदेशमा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्ने एमालेको योजना थियो । तर सरकार ढल्नु परेको कुरा, अल्मपतमा परेर सरकारबाट बाहिरिने अवस्थामा पुगेका शाहीले भने एमालेकै सांसदको समर्थन पाएर बहुमत पुर्याएर देखाए ।
कांग्रेसको समर्थनपछि माओवादीको सरकार जोगाउने मुख्य भूमिका एमाले माधव नेपाल समूहले गरेको थियो । यो एमालेप्रति माधव समूहले दिएको धोका होइन, आफ्नै पार्टीमा बर्षौ दुःख मेहनत गरेर संघर्ष गर्दा पनि कारबाहीको डण्डा चलाउने ओली प्रतिगमनको प्रतिवाद हो । क्रान्ति हो । विद्रोह हो ।
थोरै भएपनि यसले प्रधानमन्त्री ओलीलाई झस्काएको छ । आफूले प्रतिगमन गर्ने र अनि अरुलाइ कारबाहीको डण्डा चलाएर अपमान गर्दै पार्टीबाट निकाल्ने ओली प्रवृत्तिलाई कम्तीमा कर्णालीबाट माधव नेपाल पक्षले सबक सिकाएका छन् ।
एमाले युवा नेतृ रामकुमारी झाँक्रीकै शब्दमा यो पार्टीका लागि गद्दारी होइन, पार्टीभित्र हिटलर शैली देखाउने ओलीविरुद्धको विद्रोह हो । क्रान्तिकारी कदम हो । पार्टीमा थिचोमिचो, झेलमेल खेल्ने ओलीलाई माधव नेपाल पक्षले नराम्ररी झापड खुवाएको छ ।
यामलालको मुख्यमन्त्री सपना फेरि पनि अधुरै
कर्णालीमा एमालेभित्र माधव नेपाल पक्षको विद्रोहले सबैभन्दा ठूलो धक्का संंसदीय दलका नेता यामलाल कँडेललाई पुगेको छ । मुख्यमन्त्री बन्ने सपना बुनिरहेका कँडेललाई शुक्रबार उनकै सामू प्रकाश ज्वाला समूहले नराम्ररी धक्का दियो ।
ज्वाला तिनै हुन्, जसले मुख्यमन्त्री शाहीको सरकारबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने योजना रहेको सुनेका थिए । उनको योजनाबाट सुरुमा यामलाल कँडेल हासे । त्यसपछि उनले हाँसेरै टारे । त्यतिमात्रै होइन, ओलीकै शैलीमा माधव नेपाल गुटका नेताहरुलाई कँडेलले दुष्मनी ठान्ने गरेका थिए ।
जसबाट जनता निराश बने, नेताहरु झन् प्रतिवादमा लागे । यो नेपाली इतिहासको ठूलो इतिहास हो । जहाँ पहिलोपटक पार्टी र संसदीय दलको ह्वीपलाई बेवास्ता गर्दै मन नपरेका नेतालाई सांसदले भोट हालेनन् । ज्वाला समूहले पार्टीकै निर्देशननुसार भोट हाल्न छाडेर ओलीर्ला सत्तामा पुग्न नदिने माधव नेपाल पक्षको योजना खतरानाक देखिन्छ ।
एमालेबाट चार जना सांसद चोरेका मुख्यमन्त्री शाहीले माओवादी केन्द्र, नेपाली कांग्रेससँग मिलेर सत्ता टिकाएको छ ।