एजेन्सी । विश्वमै महामारी निम्त्याएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा पनि सबैभन्दा धेरै इटालीमा ६ सय जनाले ज्यान गुमाएका छन । पछिल्लो २४ घण्टामा ६ सय १ जनाले ज्यान गुमाउँदा, ४ हजार भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन ।
अहिलेसम्म इटालीमा कोरोनाका कारण सबैभन्दा धेरै ६ हजार ७७ जनाले ज्यान गुमाएका छन । इटालीमा अहिलेसम्म झण्डै ६४ हजार संक्रमित छन । जुन विश्वकै दोस्रो ठूलो संख्या हो । कोरोनाबाट सबैभन्दा धेरै चीनमा ८१ हजार ९३ जना संक्रमित छन ।
इटालीपछि स्पेनमा धेरैले ज्यान गुमाएका छन । पछिल्लो २४ घण्टामा स्पेनमा ५ सय ३९ जनाले ज्यान गुमाएका छन भने ६ हजार ३ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन । अहिलेसम्म स्पेनमा २ सय ३ सय ११ जनाले ज्यान गुमाउँदा ३५ हजार बढी संक्रमित छन ।
स्पेनपछि फ्रान्समा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ सय ८६ जनाले ज्यान गुमाएका छन भने अहिलेसम्म ८ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३८ जना नयाँ बिरामी फेला परेको फ्रान्समा झण्डै २० हजार बढी संक्रमित छन ।
इटाली र स्पेनपछि कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश इरान हो । जहाँ १ हजार ८ सय १२ जनाले ज्यान गुमाउँदा पछिल्लो २४ घण्टामा मात्रै १ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ सय नयाँ बिरामी फेला परेको इरानमा अहिलेसम्म २३ हजार ४९ जना संक्रमित छन ।
अमेरिकामा तिब्र रुपमा फैलिदैछ कोरोना
धेरैले अनुमान गरेभन्दा विपरित विश्वकै शक्तिशाली देश अमेरिकामा अहिले कोरोना सबैभन्दा तिब्र रुपमा फैलिरहेको छ । शक्तिशाली देश भनिएपनि तथ्यांकले चीन र इटालीपछि अमेरिकामा तिब्र रुपमा कोरोना फैलिरहेको देखाउँछ । जहाँ पछिल्लो २४ घण्टामा १० हजार १ सय ५२ जना नयाँ संक्रमित फेला परेका छन भने १ सय ३४ जनाले ज्यानै गुमाएका छन ।
अहिलेसम्म जम्माजम्मी ५ सय ४७ जनाको मृत्यु भएको अमेरिकामा ४३ हजार ७ सय १८ जना बिरामी छन । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै हो । चीनमा ८१ हजार, इटालीमा ६३ हजार र अमेरिकामा ४३ हजार संक्रमित छन । चौथोमा भने स्पेन छ । जहाँ ३५ हजार संक्रमित छन भने पाँचौमा रहेको जर्मनीमा २९ हजार संक्रमित छन ।
अमेरिकापछि बेलायतमा ३ सय ३५ जनाले ज्यान गुमाउँदा पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । अहिलेसम्म बेलायतमा ६ हजार जना कोरोनाबाट संक्रमित छन । नेपालमा अहिलेसम्म २ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा एक जनामा कोरोना देखिएपछि नेपालले देश नै 'लकडाउन' गरिदिएको छ ।