८ बैशाख, सिमकोट : जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित बनेका सिमकोट गाउँपालिका–७ को चौगानफयाका सात बर्षिय बालक लोकेश शाहीको उपचारमा आर्थिक अभाव भएको । उनकी आमा सम्झना शाही भन्छिन्, “ घरमा आर्थिक अवस्था कमजोर छ । गाउँपालिका लगायतका निकायहरुमा सिधा पहुँच छैन, केहि आर्थिक भएको भएपनि जिल्ला बाहिर लिएर उपचार गराएमा उपचार सम्भव छ । ”
बिरामी भएपछि जिल्ला अस्पतालमा ल्याउदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको आमा सम्झनाको भनाइ छ । दैनिक खाना खुवाउने भएको कारण आमा बाबु मात्र चिन्न सक्ने अवस्था छ । अन्यलाई चिन्न गाह्रो भएको आमा सम्झनाले बताइन ।
छ वर्षको उमेरसम्म हिडडुल गर्न नसक्ने लोकेश अहिले भने हिड्न थालेको बताउदै आमाले जे भेटायो त्यही खाने गरेको कारण एक जनाको कामै उसलाई हेर्ने छ । हाल लोकेशका आमा बाबा मध्ये एक जनाको काम नै उनको हेरचाह गर्नु परेको छ ।
उनलाई खुला छोड्दा माटो र अन्य जे चिज भेटायो त्यही खाने भएको कारण बढ्दै जादा समस्या हुने भएको कारण सहयोगी हातहरुलाई उपचारमा सहयोग गर्न वा बौद्धिक अपांगता भएको संस्थामा पालन पोषणको ब्यबस्थाका लागि आमाले अनुरोध गरेकी छन् ।
आफुसंग आर्थिक नभए पनि उपचार गरेर छोरो सन्च हुन्छ कि भन्ने आशा भने सम्झनाले मारेकी छैनन् । सदरमुकाम सिमकोटमा बोकेर अपांगता कार्ड बनाउन लोकेशलाई ल्याएको बताउदै उनले उपचार गर्ने आर्थिक नभएको बताएकी हुन । गरिबीले गर्दा उपचारको समस्या झेल्दै आएको उनले बताइन । लोकेशको शाररिक तथा मानसिक रुपमा असर परेको छ । आर्थिक अभावले गर्दा उपचारमा संकट आएको हो । सम्बन्धित निकायहरु पनि बेखबर अवस्थामा छन ।
’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ, “ ‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन। ” तर, चिकित्सक भन्छन, यो ( छारे रोग ) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। यसको उपचार सम्भव हुन सक्छ ।