काठमाडौँः तपाई अनुहार सुन्दर पारेर आफूलाई राम्री बनाउन सक्नुहुन्छ ? तर त्यही अनुहारले सेलिब्रेटी बन्न सक्नुहुन्छ ? अहँ गाह्रो छ । काठमाडौँका चोक चोकमा अनुहार सुन्दर पार्ने पसल छन् । जसलाई ब्युटी पार्लर भनिन्छ ।
ब्युटीपार्लरभन्दा केही माथि उठेर अचेल फेसियल हाउसको संख्या पनि बढ्दो छ । जहाँ अनुहार, कपाल मात्रै होइन, एउटा मानिसलाई सेलिब्रेटी बनाउन सबथोक उपाय लगाइन्छ ।
तर सर्वसाधारण मानिसको अनुहार सुन्दर बनाउनेभन्दा सेलिब्रेटीको अनुहारमा चमक ल्याउने काम जोसूकैले गर्न सक्दैन् । त्यति मात्रै होइन, निकै महंगो फेसियल गर्ने सेलिब्रेटीका लागि अखडा नै निर्माण गर्नु झन् चुनौतिपूर्ण काम हो ।
काठमाडौँमा दुई दशकयता फेसियल हाउस चलाइरहेकी शुष्मा महराका लागि भने यो काम हिजोआज सामान्य हो । राजधानीको मुटु मानिने काठमाडौँ मलको चौथो तलामा फेसियल हाउस खोलेर राज गरिरहेकी शुष्मा सेलिब्रेटीकी पनि सेलिब्रेटी हुन् ।
यसको अर्थ नेपालका अधिकांश सेलिब्रेटी उनको फेसियल हाउसका ग्राहक हुन् । अनि उनीहरुको सुन्दरता चम्काउने गर्छिन्, शुष्मा । एकछिनलाई भनौँ, शुष्माले हरेक सेलिब्रेटीलाई सेलिब्रेटीको श्रेणीमा रहिरहन रातदिन मेहनत गरिरहेकी छिन् । सेलिब्रेटी भएर मात्रै हुदैन् ।
त्यसका लागि चाहिने सुन्दरता र पब्लिक फिगर निर्माण गरिदिने काम पनि शुष्माले गर्छिन् । आफ्नो कलाकार जीवनमा ठूलो संघर्ष गरेर माथि उठेका सेलिब्रेटी शुष्माका ग्राहक हुन् । यसलाई ग्राहक भन्दा एक स्टेप माथि उठेर भन्दा सेलिब्रेटीहरुको रोजाई शुष्मा हुन् ।
हरेक सेलिब्रेटी शुष्माकहाँ पुगेपछि आफूलाई सुन्दरताको राजमा निखारिएको पाउँछन् । अरुभन्दा स्मार्ट बनेको पाउँछन् । त्यति मात्रै होइन, आफ्नो कलाकारिताको जीवनमा थप सफलता चुम्ने र अझै धेरै कदम अगाडि बढ्ने आत्मविश्वास बढाउँछन् ।
यो शुष्माका लागि खुशीको कुरा हो । त्यति मात्रै होइन, उनीहरुलाई दिने सर्भिस शुष्माका लागि सफलता र अवसर दुवै हो । उनले दुई दशक यसरी हरेक दिन सेलिब्रेटीहरुको मन जित्दै गएकी छिन् । नायक भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, प्रदीप खड्का लगायतका धेरै नायक शुष्माको फेसियल हाउसमा निरन्तर आइरहन्छन् ।
नायिका तथा मोडलहरु पनि उनको पसलमा त्यत्तिकै धाउँछन् । यसरी भन्दा उनको फेसियल हाउसमा नायक, नायिकादेखि मोडलसम्मको लर्को लाग्छ । त्यति मात्रै होइन, फिल्म निर्माता सन्तोष सेन, शोभित बस्नेत लगायतका निर्माता पनि उनको फेसियलमा हाउसमा पुग्छन् । मोडल शंकर बिसी, ज्योती मगर लगायतका थुप्रै कलाकार उनको पसलमा झुल्किरहेका हुन्छन् ।
यसकारण पनि शुष्मालाई सेलिब्रेटीकी पनि सेलिब्रेटी भनिन्छ । उनी हरेक सेलिब्रेटीलाई सुन्दर, आकर्षक र उसको फिल्मी करियरलाई उकास्न हरथोक प्रयास गर्छिन् । यो नै उनको शक्ति हो । सफलता हो । र कलाकारहरुको केन्द्रबिन्दु । जसलाई शुष्मा आफ्नो जीवनको गर्विलो अनुभूति भएको बताउँछिन् ।
‘सेलिब्रेटीहरुलाई उनीहरुको क्षमता र सफलता हेरेर फेसियल गर्नुपर्छ । यो सजिलो र सानो काम होइन । मैले दुई दशकयता उनीहरुलाई सेवा दिइरहेकी छु’ कर्णाली खबरसँग शुष्माले सारमा भनिन्, ‘सायद धेरैजसो सेलिब्रेटी मेरोमा आउने भएर होला, सेलिब्रेटीको पनि सेलिब्रेटी भन्छन् । यसमा गर्व लाग्छ ।’