२१ बैशाख, सिमकोट : हुम्लामा निषेधाज्ञाको अवधिमा बिहान सातदेखि दश बजेसम्म दैनिक उपभोग्य सामाग्री जन्य पसलहरु सञ्चालन हुने भएका छन् । यो अवधिमा अन्य सबै गतिविधिहरु भने ठप्प रहने भएका हुन ।
मंगलवार राती १२ बजेदेखि एक हप्ताका लागि हुम्ला जिल्लामा निषेधाज्ञा तय गरिएको छ । २२ गते बिहान सात बजेदेखि दश बजेसम्म पसलहरु सञ्चालन हुनेछन् । त्यो बाहेक निषधाज्ञाका अवधिमा सबै गतिबिधि बन्द रहने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
नेपालगंज सुर्खेतबाट जिल्ला भित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि सम्भावित जोखिम कम गर्नका लागि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेकोे हो ।
प्रजिअ आचार्यले एक आदेश जारी गर्दै वैशाख २१ गते राती १२ बजेदेखि वैशाख २८ गते राती १२ बजेसम्म जिल्लालाई निषेधाज्ञा गरिएको छ । यो अवधिमा हवाई यातायात समेत बन्द रहने भएको छ ।
त्यो संगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाकासमेतबाट सिल गरिएको छ । यस अवधिमा मानिसको आउजाउ समेत बन्द हुने आदेशमा उल्लेख गरिएको छ ।
यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, सुचना सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा भने सुचारु रहने भएका छन् ।
त्यसै गरि स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालन गरि दैनिक उपभोग्य बस्तु तरकारी, खाद्य, दुध, ग्याँस लगायत पसलहरु बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाईनेछन् । यो अवधिमा सञ्चालन गर्न पाईने सेवा तथा साधनहरु बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधन मात्र रहेका छन् ।
साथै आदेशमा यो लागु हुँदाको बखत सिमा नाकाबाट जिल्ला प्रवेश गरि गन्तव्य स्थानमा पुगिनसकेका नागरिकहरुका लागि भने सम्बन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने छ ।
यता नेपालगंज र सुर्खेतबाट हुम्ला आउने क्रममा कोरोना पुष्टि भएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेका अस्पतालका चिकित्सक टासी लामाले बताए । उनीहरुलाई रानी वनस्थित एक भाडाको घरमा बनाईएको आईसोलेशन वार्डमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले एक आदेश जारी गर्दै वैशाख २१ गते राती १२ बजेवाट वैशाख २८ गते राती १२ बजेसम्म जिल्लालाई निेषधाज्ञा गरिएको बताए । यो अवधिमा हवाई यातायात समेत बन्द रहने भएको छ । त्योसंगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेतबाट सिल गरिएको छ ।