काठमाडौँ : लकडाउन भनेको कर्फ्यु जस्तै हुन्छ । धेरैथोक बन्द हुन्छ । नागरिकका लागि त झन् सबथोक बन्द हुन्छ । पुलिस, पत्रकारलाई सिमित घुम्ने अधिकार हुन्छ । त्यो पनि परिचयपत्रका आधारमा । र केही अत्यावश्यक सेवा मात्रै सुचारु हुन्छन् । यस्तो बेला आफ्नो जवानी बेच्दै हिड्ने यौनकर्मी भने देशभर घुमिरहन्छन् । तर कसरी ? कुरा रोचक छ ।
नेपाल जस्तै अहिले पूरा विश्व फेरि एकपटक लडाउनमा भासिएको छ । देश विदेशमा बन्दाबन्दी छ । कोरोना भाइरसको नयाँ भेरियन्ट डरलाग्दो मात्रै छैन्, ज्यानमारा पनि छ । यस्तो बेला यौनकर्मी देशभर घुमिरहेका छन् । यौनकर्मी यसरी खुलेआम घुम्ने काम बेलायतबाट सुरु भएको छ ।
बिबिसीले यससम्बन्धि एक विशेष अनुसन्धानमुलक रिर्पोट नै सार्वजनिक गरेको छ । उनी बन्द कोठाबाट विभिन्न रुप लिएर देशका विभिन्न ठाउँमा घुमिरहेका हुन् । यसरी रुप लिने क्रममा उनीहरु कहिले भीआइपी बन्छन् कहिले पत्रकार पुलिसको शक्तिको पनि दुरुपयोग गर्छन् ।
यस्तोमा उनीहरुका नजिकका साथीहरुले पनि सहयोग गर्छन् । बाहिर बजार बन्द भएपनि अनलाइन तथा फोन सम्पर्क टुटेको छैन् । विशेष सम्पर्क र पहुँच भएका यौनकर्मी महिला भने पुलिस, पत्रकारदेखि भीआइपीको सम्पर्कमा पुगेर आफ्नो यौनांगको ब्यापार चलाइरहेको बिबिसीको रिर्पोटमा उल्लेख छ ।
नेपालमा अवस्था के छ ?
बेलायतमा जस्तै नेपालमा पनि यौनकर्मी महिलाहरु देशैभर छन् । देशका मुख्य मुख्य शहरमा उनीहरुको अखडा चलिरहेको छ । तर लकडाउनको असरले पहिलेभन्दा अवस्था फरक छ ।
ठीक यसबेला प्रहरी, आर्मी र भीआइपीहरुको अखडामा उनीहरुको उपस्थिती बाक्लिदो छ । बेलूकी परेदेखि रक्सीको नशामा झुल्नेका लागि यौनकर्मी महिलाको साथ अनिवार्य चाहिन्छ ।
यही मौका अहिले पनि उच्चस्तरका प्रहरी, आर्मी र व्यापारीहरुमा देखिएको छ । केही व्यापारीले भने लकडाउनकै दिनदेखि यौनकर्मी महिलालाई आफ्नो घरमा आश्रय दिएको विशेष स्रोतहरु बताउँछन् । कोरोना लाग्ला भनेपनि कोरोना लागेमा पनि रमाइलो गर्न सकियोस भनेर उनीहरुले यौनकर्मी महिलालाई ब्याकअपमा राखेको देखिन्छ ।
स्मरण रहोस, नेपालमा १३ वर्षदेखि ५० वर्ष उमेर समूहका यौनकर्मी छन् । पैसाका लागि स्कुलदेखि कलेज पढ्ने युवतीहरु समेत यौनकर्ममा छन् । अनि त्यसभन्दा माथिका पेशेवर यौनकर्मी महिलाहरु सक्रिय छन् ।