प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएसँगै कर्णालीबाट राज्यमन्त्री बन्ने अवसर पाएका स्वास्थ्य राज्यमन्त्री नवराज रावतको कार्यकाल पनि सकिएको छ । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा चुनाव जितेका रावत दोस्रोपटक ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा राज्यमन्त्री बन्न सफल भएका थिए ।
तर ओली सरकार ढलेसँगै अब उनको कार्यकालको समीक्षा गर्ने बेला आएको छ । राज्यमन्त्री पदमा बहाल भएदेखि आज सम्मको समीक्षा गर्दा उनको पालामा खासै काम हुन सकेन । सुर्खेत पश्चिममा उनको कार्यकालमा पदीय हैसियत अनुसारका कुनैपनि ठुला योजना सम्पन्न हुन सकेनन । उद्घाटन् गरिएका अधिकांश अस्पतालको डीपीआर बाहेक टेण्डर हुन सकेनन ।
३३ बर्ष अघि ट्रयाक खोलिएको सडकको पिच हुने सपना पनि अधुरै रह्यो । चुनावमा भोट माग्दा प्रचार गरिऐको विद्युतीय कार्यक्रमले पनि कुनै गति लिन सकेन।मुख्य सडकमा पर्ने र नबनाइ नहुने केहि खोलाका विशेष केहि पक्कि पुलहरु पनि निर्माण योजनामा थप भएनन । ऊत्पादनसँग सम्बन्धित केहि लघु उद्योग पनि स्थापित गर्ने योजना परेपनि निष्कर्षसहित निर्माण योजनामा पर्न सकेनन । तसर्थ नवराज रावतको राज्यमन्त्री पद जनताको लागि भालुको कम्पट बाहेक केहि हुन सकेन ।
हुनुपर्ने र गर्नुपर्ने खास के थियो ?
१. प्रतिनिधि सभाको सांसद पदमा विजय प्राप्त गरेर ओलीलाई बधाइ दिने बित्तिकै यो क्षेत्रको ओलि प्यानलका उनी विश्वसनिय व्यक्ति नवराज रावत थिए । त्यो तथ्यका आधारमा उनले आफुलाइ जनतासमक्ष स्थापित गर्न दुइ वटा मुख्य शर्त राख्नुपर्ने थियो । पहिलो शर्त आफु रहेको निर्वाचन क्षेत्रका जनतासँग सम्बन्धित पश्चिमको ८० किमी सडकलाई पहिलो बर्षकै बजेटमा पारेर ४० ४० किलोमीटर गरेर तेस्रो बर्ष अर्थात आजसम्म पिच गरिसक्नुपर्थ्यो । तर ओलिसँग निरन्तर मन्त्री पदको बार्गेनिङ पछि त्यो उनको प्राथामिकतामा पर्न सकेन । उनले चाहेको भए मन्त्री पदसँग आफ्नो योजना साट्न सक्थे । उनलाई ओलीले मन्त्री पद र योजना दुवै छान्ने छुट दिएका थिएनन् । तर दुईमध्ये एक छान्ने अवसर चाहि दिएकै हो । आफ्नो क्षेत्रका जनताको योजनासँग मन्त्रीको पद साट्नुपर्ने बाध्यता किन रह्यो त्यो उनैलाई थाहा होला ।
२. विद्युतीकरण पश्चिमका जनताको दोस्रो प्राथमिकताको विषय थियो । सुर्खेत पश्चिमको अँध्यारो बेचेर विद्युतीकरण गर्न सकेको भए नवराज रावतलाई पश्चिम सुर्खेतमा पुन चुनाब जित्न कुनै एमालेको नारा बेच्न पर्ने थिएन । तर अब यो पनि सम्भावना भएन । यो योजनालाई शतप्रतिशत प्रगतिमा परिणत गर्न उनीसँग दिग्गज टिम नै भएन । अथवा उनले बनाउन चाहेनन् । जसले गर्दा उनले गर्न खोजेको योजना र उनको टिमले गराउन खोजेको योजनाबीच केहि आन्तरिक स्वार्थ बाहेक कुनै काटछाट भएनन ।
३. दीर्घकालिन राजनीतिमा रुचि हुने नेताले आफ्नो निर्वाचन क्षेत्रमा न्युनतम जनता र नेतालाई साथमा लगेर पार्टी एकता जोगाऊन सक्नुपर्थ्यो । त्यो सम्भावना नभएरै होला उनले काठमाडौँ बाहेक बाँकी क्षेत्रमा भविष्य नदेखेपछि गुटगत कार्यकर्ताको घेरा भन्दा बाहिर योजना नै सिफारिस गरेनन् । त्यसकारण आउँदा दिनमा पनि उनीसँग गाउँ फर्क अभियानमा कुनै नया योजना र उत्साह बचाउन सकेनन् ।
४. उच्च ओहोदामा पुगेपछि नेता, कार्यकर्ता र जनताको महत्वाकांक्षाको पारो पनि ऊच्चै रुपमा बढेर जान्छ । ऊनी प्रतिनिधि सभाको सांसद भएर जाँदा भन्दा राज्यमन्त्रि पदमा जिम्मेवारी सम्हालेपछि उनीबाट जनताले न्युनतम केहि विशेष महत्वका योजनाको अपेक्षा गरेका थिए । बिडम्बना भन्नुपर्छ उनीबाट जनताले ठुला ठुला योजना अपेक्षा गर्ने तर उनीबाट पश्चिमका जनतालाइ मास्क र सेनिटाइजर बाहेक गाऊसम्म केहि नपुग्ने भएपछि माग र पुर्तिको तराजु कत्ति पनि मिल्न सकेन । जसले गर्दा जनतामा निराशा मात्र होईन अबको चुनावमा बदलाको भावना समेत ऊद्देलित भएको महसुस गर्न सकिन्छ ।
माननीय नवराज रावतले सम्माननीय प्रधानमन्त्री ज्यूँ, मलाइ कुनैपनि मन्त्री पदको आवश्यकता बोध भएको छैन । तर मेरो कार्यकालमा तीनदेखि ६ वटासम्म योजना छन् । मेरा योजनालाइ मुर्त रुप दिन मेरो लागि पदीय दायित्व भन्दा पनि बजेट र रातो किताब नै मेरो लागि प्रमुख प्रथामिकता हो भन्ने आसय सहितको कडिकडाउ माग राखेको भए सायद नवराज रावत सुर्खेत पश्चिमको निर्वाचन क्षेत्रबाट पुन दोहोर्याउने हैसियतमा हुन्थे । तर त्यो अब दुरदराजको सम्भावना बाहेक दन्त्यकथा हुने देखिन्छ ।