काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा चौकुने गाउँ कमीटिले कोरोना महामारीबाट जोगिन भीडभाडमा नजान र दिनमा कम्तीमा १५ पटकसम्म साबुनपानीले राम्रोसँग हात धुन आग्रह गरेको छ । चौकुने गाउँ कमीटिका सचिव हरि अधिकारीद्धारा जारी विज्ञप्तीमा नेपालमा पनि कोरोना भाइरस फैलिदो क्रममा रहेकाले सजग, सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।
यस्तो बेला घरमै बस्न, भीडभाडमा नजान, एक अर्काबीच दुरी कायम राख्न, भारत लगायतका देशबाट आएका व्यक्तिबाट टाढै बस्न सामाजिक विज्ञप्तीमा आग्रह गरिएको छ ।
"काठमाडौँमा देखिएको कोरोना गाउँ गाउँमा पनि आउन सक्ने जोखिम बढेको छ", गाउँ कमीटिका अध्यक्ष गंगाराम विकले "यस्तो बेला गाउँ कमीटिका सबैलाई सचेतना फैलाउन सामाजिक सन्देश जारी गरिएको हो ।" पार्टीले पनि सरकारले जारी गरेको निर्देशनको पालना गर्न र घरमै बसेर आफू पनि सुरक्षित हुन तथा अरुलाई पनि सुरक्षित राख्न निर्देशन दिएको उनले बताए ।
चौकुने गाउँपालिकामा यतिबेला रोजगारीका लागि भारत गएर फर्केका परदेशीहरुबाट बढी जोखिम छ । कोरोनाकै त्रासले हतार हतार भारतबाट फर्केका उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छैन भने क्वारेन्टाइनमा बसेकाहरु पनि भागेर गाउँ आएका छन । यस्तो बेला कुनै एक जनामा मात्रै भाइरसको संक्रमण भएमा सिंगो गाउँमा नै कोरोना फैलिने जोखिम हुन्छ ।
"अब जोखिम भएकै कारण राजनीतिक दलका कार्यकर्ता, सरकारी कर्मचारी, समाजसेवी, शिक्षक विद्यार्थी सबैले सचेतना फैलाउनु परेको हो", कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीका स्वकीय सचिव समेत रहेका विकले अगाडी थपे, "यस्तो बेला सकेसम्म घरभित्रै बसियो र अरुलाई पनि यही सन्देश फैलाउन सकियो भने कोरोनाको जोखिमबाट बच्न सकिन्छ । धेरै आत्तिनु पर्दैन ।"
नेपालमा अहिलेसम्म झण्डै सात सय जनामा कोरोना परीक्षण गरिएकामा काठमाडौँ उपत्यकामा तीन जनामा कोरोना देखिएको छ । तीनजनामध्ये एक जना उपचारपछि घर फर्किसकेका छन भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । कोरोनाले विकसित देशमा भने ठूलो महामारी ल्याएको छ । अहिलेसम्म झण्डै २० हजारले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन भने चार लाख बढी संक्रमित छन ।
नेकपा चौकुने गाउँ कमीटिले जारी गरेको विज्ञप्ती :