काठमाडौँ : कर्णालीका हरेक दैलोमा कोरोना महामारीले तीव्र रुप लिदै गएको छ । दशवटै जिल्लाहरुमा महामारीे भयावह बन्दै गएको छ । हरेक जिल्लामा कतै स्वास्थ्यकर्मीको अभाव कतै अक्सिजनको अभावमा दैनिक संक्रमितको मृत्यु भइरहेको छ । कर्णालीमा बुधबारदेखि सत्ताको खेल सुरु भयो । बुधबार नियुक्त भएका माओवादी तीन मन्त्री शुक्रबार शपथ नखादै बर्खास्त भए ।
जस्मा गुट उपगुटबाटै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शक्ति बस्नेतका नजिकका मानिने विन्दमान विष्ट नियुक्त भए । आर्थिक तथा योजना विकास मन्त्रीमा जनार्दन शर्माका भाइ गोपाल शर्मा नियुक्त भए । यस्तै कर्णाली सरकारलाई समावेशी बनाउने योजनाले मन्त्रालय फुटाएरै भएपनि सीता नेपालीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीमा नियुक्त गरियो ।
नियुक्त भएको दुईदिनमै तीनवटै मन्त्रीलाई बर्खास्त गरी मन्त्रालयहरु मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्हाले । बाहिर देखाउने कारण थियो, कांग्रेसको विरोध । मुख्यमन्त्री शाहीको सरकार कांग्रेसको सहयोगबाट जोगिएको थियो । त्यस कारण पनि नयाँ गठित मन्त्रीपरिषदमा कांग्रेसलाई दुई मन्त्रालय दिनैपर्ने बाध्यता बन्यो ।
छ महिनापछि मुख्यमन्त्रीको कुर्सीमा नेपाली कांग्रेसका जीवन शाहीलाई राख्ने सम्झौता छ । उक्त भागबन्डा र सम्झौता नमिलेपछि नयाँ मन्त्रीहरु बर्खास्त हुन पुगेका हुन् । मुख्यमन्त्रीको कुर्सी जोगाइ दिने एमाले माधव नेपाल समृहका तीनजनाले मन्ती पद उपहार पाइसकेका छन् । उपहार पाउन कांग्रेसले बाँकी थियो । कांग्रेसले नपाउँदै जनार्दन र शक्तिको दलवलमा माओवादीकै आ आफ्ना गुटबाट मन्त्री नियुक्त गरियो ।
उक्त योजना कांग्रेसको विरोधपछि असफल बन्यो । यता कांग्रेस संसदीय दलका नेता जीवन शाहीले कांग्रेसको विरोध नभएको बताएका छन । विहिवार कर्णालीखबरसँग कुराकानी गर्दै नेता शाहीले कांग्रेसले दुइ मन्त्रालय नमागेको बताएका हुन ।
महामारीले कर्णालीमा तीव्र रुप लिदै गएको छ । कर्णालीमा रोकथाम भन्दा सत्ताको लडाइ भने उत्कर्षमा छ । कर्णालीमा संक्रमितको मृत्यु दर पनि उत्तिकै बढ्दो छ । संक्रमितको दर पनि बढ्दै गएको छ । अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजनको अभावमा दैनिक मृत्यु दर पनि बढ्दै गएको छ ।
कर्णालीमा सत्ताको लडाईले महामारी रोकथाममा नेताहरुको ध्यान गएको छैन् । आखिर निर्दोष जनताले कहिलेसम्म यसरी सत्ताको भोकमा रमाएका नेतालाई तालाचाबी सुम्पिएर अनाहकमा ज्यान गुमाइरहने ? प्रश्न अविराम छ । तर उत्तर सहज छैन् ।