तिमी कायर
तिमी कायर हौ
तिमी नामर्द हौ
प्रशव पीडाले जस्तै नेपाल आमा छट्पटिइरहेको बेलामा
सिंगो देश बिरामी भएको बेलामा
बिरामीहरूलाई मलमपट्टी लगाउने चिकित्सक
अनि अग्रपंक्तिमा खटिने प्रहरी माथि प्रहार गर्यौ
दुर्वचन् र दुर्व्यवहारले प्रहार गर्यौ
आज हतियार उठायौँ
त्यो पनि बिरामी बसेको अस्पतालभित्र
आखिर के जित्यौ ?
के पायौ ?
सक्छौ भने आफूसँग लड ।
आफैसँग विजय प्राप्त गर
आफ्नो मात्र होइन
परिवारको समेत ज्यानको बाजी थापेर
तिमीहरूको ज्यान बचाउन निम्ति लड्ने
जीवित देवतामाथि चोट पुर्यायौ
भावनामा प्रहार गर्यौ
आत्मसम्मान छिया छिया पार्यौ
आखिर के जित्यौ
के पायौ ?
तिम्रा पनि दाजुभाई होलान्
स्वास्थ्यकर्मी दिदीबहिनी होलान्
तिमीले प्रहार गरेका ती व्यक्तिहरू
कसैका छोराछोरी हुन्
कसैका दाजुभाई हुन्
कात्रो जस्तो कपडा ओडेर
तिम्रा निम्ति लड्ने जीवित आत्मालाई
प्रहार गर्यौ
मरे तुल्य बनायौँ
आखिर के जित्यौ
के पायौ ?
- मनिष लुईटेल
इलाम