रुकुम पश्चिम : रेडियो सुचना र जनचेतनाको संवाहक भन्ने बुझिन्छ । जनताका हरेक समस्यालाई सुचना मार्फत सम्प्रेषण गर्नुका साथै विपन्नलाई साथ सहयोग गर्दै आएका छन । जसको उदारहण रुकुम पश्चिममा रहेको सामुदायिक रेडियो आफ्नो एफएमले देखाएको छ ।
'महामारी कोभिडको बेला अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारमाध्यम र संचारकर्मीहरुको पहलमा मंगलवारबाट गरिव तथा विपन्न परिवारलाई खाद्यान्न स्वरुप राहत वितरण गरेको छ । कोरोनाको भयावह रुपमा देखिएपछि सबै ठाउँहरुमा निषेधाज्ञा जारी गरेको छ । र, रुकुममा पनि ।
निषेधाज्ञाका कारण मजदुरी गरेर विहान बेलुृकाको छाक टार्ने गरिव तथा विपन्न परिवार मजदुरी गर्न नपाउँदा हातमुख जोड्न धौ धौ भएको छ। उक्त समस्यालाई मध्यनजर गर्दै रेडियोले खाद्यान्न सहयोग गरेको हो ।
विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै - तस्विर : कर्णालीखबर संवाददाता/रुकुम पश्चिम
मंगलवारदेखि वितरण गर्न सुरु गरेको थियो । बुधवारसम्म ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले बताए । पहिलो दिन ३१ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएका हौ, बाँकि १९ घर परिवारलाई बुधबार उपलब्ध गराएको निर्देशक रेग्मीले भने ।
जम्मा १ लाख १० हजार रकम बराबरको खाद्य सामग्री वितरण गरिएको रेडियोले जनाएको छ । रेडियोले एक परिवारलाई २५ केजीको दरले चामल, १ केजी नुन, १ केजी चिनी, १ प्याकेट चियापत्ती र १ वोतल तेल वितरण गरेको हो ।
खाद्य वितरणमा सहभागी घरपरिवारका सदस्यहरुलाई कोभिड सम्वन्धि चेतनामुलक जानकारी समेत गरिएको छ । खाद्यान्न वितरण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चौरजहारी नगरपालिकाको समन्वयमा वितरण गरिएको हो ।
र, योपनि पढ्नुहोस
रेडक्रसद्धारा डीसीएमसीलाई स्वास्थ्य सामग्री वितरण