हुम्ला : पहिलो पटक हुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार आफन्तले गरेका छन् । बिहीबार बिहान कोरोनाले सर्केगार्ड गाउँपालिका वडा नम्बर २ रिप गाउँका ५७ वर्षका टोप्ले विश्वकर्माको मृत्यु भएको थियो ।
मृत्तकको उनका दुई छोराले दाहसस्कार गरेका हुन् । जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कोरोना संक्रमणको कारण मृत्यु भएका लासको दासंस्कार सम्वन्धि नयाँ कार्यविधिमा आफन्तले पनि शवको व्यवस्थापन गर्न पाउने व्यवस्था गरिएको थियो ।
जसकारण सदरमुकामबाट दुई दिन पैदल दुरीको रिप गाउँमा मृत्यु भएका विश्वकर्माको आफन्तबाटै दाहसंस्कार गरिएको हो । मृतकका छोराहरु भिम बिक र जस बहादुर बिक सहित चार जनाले गाउँमै कोभिड मृत्तकको शव व्यवस्थापन गरेका हुन् ।
यसका लागि गाउँपालिकाले कोरोना संक्रमितबाट मृत्यु भएको लासको दासंस्कारका लागि स्थान तोकेको थियो । शव व्यवस्थापनका लागि नेपाली सेना जाने तयारीमा थियो । तर धेरै टाढा भएपछि सेनाको साटो आफन्तबाटे शव व्यवस्थापन गर्ने तयारी गरिएको हो ।
डीसीएमसीको नयाँ प्रावधानले ठुलो भुगोल भएका स्थानहरुमा अब आफन्तलाई सहज हुनेछ । कोरोना संक्रमणको कारण हुम्लामा पहिलो पटक मृत्यु भएको थियो । कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमो मृत्यु भएको थियो ।
एक दिन अगाडि बिरामी भएर सर्केगार्ड स्वास्थ्य चौकीमा उपचारका लागि ल्याएको बेला उनको एन्टिजेन किटबाट गरिएको कोरोना परिक्षणमा संङ्क्रमण पुष्टि भएको थियो । उनको बुधवार श्वास प्रश्वासमा बढी समस्या भएपछि घरका परिवारले गाउँपालिका केन्द्रको स्वास्थ्य चौकीमा पुर्याएका थिए ।
उनी दीर्घरोगी थिए । अक्सिजनको व्यवस्था स्वास्थ्य चौकीमा भएको भएपनि विद्युत समस्याको कारण त्यो पनि सम्भव छैन । उपचार नहुने भएपछि जिल्ला अस्पतालका चिकित्सकहरुको समन्वयमा बिहीबार बिहान मात्र बिरामीलाई जिल्लामा ल्याउनका लागि हिडाउने कार्य भएको थियो ।
घोडामा चढाएर ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । उनी हुम्लाका पहिलो कोरोना मृत्तक हुन् । जसको समयमै उपचार र उद्धार नपाएर मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ ।