सिमकोट : पछिल्लो पटक हुम्लामा १३ जनालाई कोभिड परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भयो । योसँगै हुम्लामा संक्रमित संख्या १६८ पुगेको छ । सर्केगार्ड गाउँपालिका र जिल्ला अस्पतालमाा गरिएको परिक्षणमा संख्यामा बृद्धि भएको हो ।
हालसम्म एक हजार एक सय ५५ जनालाई कोरोना परिक्षण गर्दा १६८ जनालाई कोरोना पुष्टि भएको अस्पताल कोरोना फोकल पर्सन भक्ति फडेराले जानकारी दिए । उनका अनुसार त्यस संक्रमित मध्ये एक जनामो मृत्यु भएको छ । र, एक जनालाई स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
पछिल्लो परिक्षण रिपोर्टकानुसार सात गाउँपालिका मध्ये छ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमण दुई गाउँपालिकामा परिक्षण गर्दा थप दुई जना थपिएका छन् । कुल संक्रमित मध्य सिमकोट गाउँपालिका र अस्पतालमा गरिएको छुट्टै परिक्षणमा संक्रमितको संख्या ३७ जना पुगेको छ ।
भने, खार्पुनाथमा १३ जना, सर्केगार्ड गाउँपालिकामा २९ जना, चंखेली गाउँपालिकामा ३६ जना, अदानचुली गाउँपालिकामा २० जना र ताँजाकोट गाउँपालिकामा ३३ जनामा पुष्टि भएको छ । अब जिल्लाका छ वटा गाउँपालिकाका होम आईसोलेशन र सदरमुकाम सिमकोटस्थित रानीबनको आईसोलेशन वार्डमा गरि ७५ जना रहदै आएका छन् । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
९३ जनाले हालसम्म कोरोना जितेर घर फर्की सकेको स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ, । कोरोनाको दोस्रो स्वरुप सुरु भएपछि नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परिक्षण गर्दा पहिलो पटक बैशाख १९ गते पुष्टि भएको थियो ।त्यस यता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाहरुले कोरोना परिक्षण गर्दा बिरामी संख्या बढी रहेको जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीब्र रुपमा बृद्धि भएको छ । अब उत्तरी क्षेत्रको नाम्खा गाउँपालिक मात्र कोरोना सङ्क्रमणबाट अछुतो रहेको छ । दुई पटक उक्त गाउँपालिकामा परिक्षण गर्दा रिपार्ट नेगेटिभ आएको थियो ।