दैलेख : सरकारले गरिब दलित र विपन्न समुदायका बालबालिकालाई माध्यमिक तहको शिक्षा निःशुल्क प्राप्त गर्ने संविधानमा व्यवस्था गरेको छ । र, ठुलो अक्षरले लेखेको छ । त्यो व्यवस्था पक्कै दलित तथा विपन्नका छोरा छोरीहरुलाई शिक्षाको पहुँचमा जोड्नु थियो । ठालुका छोराछोरीहरुलाई पक्कै थिइन् ।
त्यसो भएन् । दैलेखमा एउटा यस्तो बस्ती छ । जहाँ ठालुहरुका छोराछोरी स्कुल तीर गरिब तथा दलितका छोराछोरी कालापहाड तीर लाग्ने गरेका छन । त्यो बस्ती हो, दैलेखको दुल्लु नगरपालिका-१० मा रहेको भाल्क ।
भाल्कका अधिकांश युवाहरुले माध्यमिक शिक्षा पास गरेका छैनन् । सबैले सात आठ कक्षामा पढ्दा पढ्दै छोड्ने गरेका छन । यो उनीहरुको रहर होइन । बाध्यता हो । आर्थिक अभावका कारण भाल्कका कयौं बालबालिका पनि पढाइबाट बञ्चित छन् ।

पढाइमा पनि राम्रो अंक ल्याउने विद्यार्थीहरु पनि आर्थिक अभाव स्कुल छोड्न बाध्य भएको स्थानीय महेन्द्र खड्काले बताए । पढ्दा पढ्दै आफ्नो परिवार पाल्नको लागि कालापहाड भारत हिड्नु पर्ने बाध्यता रहेको अर्का मोहन नेपाली बताउँछन । मोहनले पनि स्कुल छोडेंको वर्षौ वित्यो । घरमा आर्थिक अभावले नै पढाइबाट बञ्चित भएको उनले गुनासो पोखे ।
उनी मात्र होइन् भाल्क गाउँका सबै युवाहरु मजदुरी कालापहाड जाने गरेका छन । त्यहाँका युवाहरुलाई पढाइ भन्दा परिवार कसरी पाल्ने भन्ने चिन्ता रहेको छ । भाल्कका युवाहरुले माध्यमिक शिक्षा पास गरेका छैनन् । पास गरेका छन् त बसको टिकट र रुपैडिहाका गेट । त्यहि पनि मजदुर गरेर परिवार पाल्ने
उनीहरुको रहर होइन् बाध्यता भएको अर्का युवा नरेश विकले बताए ।
उनीहरुको समस्यालाई मध्यनजर गरेर स्थानीय सरकारले नत कुनै रोजगारमा जोड्न पहल गरेको छ । नत उनीहरुको समस्यामा समाधान गर्न । त्यसैले गर्दा भाल्कका कयौं युवाहरु कालापहाड जान बाध्यता भएका हनु । बालबालिकाको शैक्षिक अवस्था पनि अस्तव्यस्त बनेको छ ।