सिमकोट : निषेधाज्ञाका बीच हुम्लामा बजार अनुगमन भएको छ । बजार अनुगमन गर्ने क्रममा भेटिएका म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा खाद्य वस्तुमा म्याद सकिएको भेटिएका छन ।
निषेधाज्ञा जारी रहेको बेला बजारमा अनुगमन गर्दा खाद्य वस्तु तथा जङ्क फुट बरामद गरेर नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्ब डाहामगरले बताए ।
बजार क्षेत्रका अधिकांश खाद्य तथा किराना पसलहरुमा पेय पदार्थ, चाउचाउ, बिष्कुट, चकलेट, मसला, चिउरा, भुजा, हर्लिक्स लगाएतका २६ प्रकारका सामग्री बरामद गरेर नष्ट गरिएको उनले बताए ।
यसबाट एक लाख मुल्य वरावरको सामग्री नष्ट गरिएको हो । बजार अनुगमन समितिले दुई दिन लगाएर अनुगमन गरेको थियो । । यसअघिका अनुगमन नाम मात्रका भएपनि म्याद सकिएको सामग्रीहरु यो पटक धेरै बरामद गरिएको हो ।
बरामद भएर नष्ट गरिएको सामग्री दुई क्विन्टल भन्दा बढी थियो । लामो समयपछि बजार अनुगमन गरिएको हो । हुम्लामा अनुगमन नहुँदा म्याद गुज्रेका दैनिक उपभोग्य बस्तु, पेय पदार्थ र जंङ्क फुट उपभोग्य गर्न उपभोक्ता बाध्य हुँदै आउनु भएको थियो ।
यस्ता सामग्री बिक्री गर्ने व्यापारीहरुलाई गतिलो सुझाव दिएको उद्योग बाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले जानकारी दिए ।