सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधयेक संसदमा पेश गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०८९ का लागि कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा पेश गरेका हुन् ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आर्थिक विनियोजन विद्येयक संसदमा पेश गर्दै कोरोना रोगको नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै खोपको व्यवस्था कर्णालीका सबै नागरिकलाई गरिने बताए । ‘कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको व्यवस्था र स्वास्थ्य क्षेत्रको सुधार गरिने छ’ उनले भने,‘कर्णाली प्रदेश सरकारले त्यसका लागि नियन्त्रणका लागि बिषेश जोड दिनेछ ।’
जल, जंगल र बटिबुटीको प्रयोगद्वारा कर्णालीमा जडिबुटीको उत्पादन तथा प्रधोधन गर्न बिषेश कार्यक्रम संचालन गरिने मन्त्री शर्माले बताए । ‘बिभिन्न कारणले रोजगारी गुमाएका तथा रोजगारी नै नभएका युवारुलाई लक्षित गरेर जडिबुटीको बिषेश पहल गरिनेछ ।’ उनले भने,‘कर्णालीको जलको अत्याधिक प्रयोगमा ल्याइने छ ।’
आगामी आर्थिक वर्षमा रोजगारमूलक परियोजना बिषेश जोड दिने कार्यक्रम ल्याइने शर्माले बताए । ‘कर्णालीमा रहेको अथाह जलस्रोत संम्भाव्यता अध्यायन गरि सिंचाई तथा नीजि क्षेत्रसँग मिलेर नीजि क्षेत्रसँगको सहकार्यमा बिषेश कार्यक्रम ल्याइने छ ।’ उनले भने,‘सबै मन्त्रालयमा परियोजना बैंकको स्थापना गरिनेछ ।’
आगामी आर्थिक वर्षको विनियोजन बिद्येयक अधिकांश पुराना कार्यक्रम नै समेटिएका छन् । सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनबाट विकास गर्ने कार्यक्रम प्राथमिकतामा राखेको छ ।