एमयुमा २५ जना पीएचडीका लागि लागि ३६२ जनाको आवेदन
सुर्खेत ः मध्यपश्चिम विश्वविद्यालयमा २५ वटा पदका लागि ३६२ वटा आवेदन परेको छन् । विश्वविद्यालयले २५ जना पीएचडी र पोस्ट पीएचडी गरेका उपप्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक माग गर्दा ३६२ जनाको आवेदन परेको हो ।
‘२५ पदको लागि ३६२ वटा आवेदन परेका छन्’ विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने, ‘अब फाष्ट्याकबाट नियुक्ती गर्छाैँ । जसमध्ये कृषि र वन विज्ञान संकायको उपप्राध्यापकमा १०, सह–प्राध्यापकमा १७ र प्राध्यापकमा २० गरी कुल ४७ वटा आवेदन परेको छन् । शिक्षा विज्ञान संकायको उपप्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदमा ५–५ वटा आवेदन परेको छ ।
इन्जिनियरिङ संकायको उपप्राध्यापक, सह–प्राध्यापकमा ११–११ जना र प्राध्यापकमा ७ वटा जनाको परेको छन् । स्वास्थ्य विज्ञान संकायको उपप्राध्यापकमा ७, सह–प्राध्यापकमा १६ र प्राध्यापकमा ६ वटा, मानविकी तथा शिक्षा शास्त्र संकायमा उपप्राध्यापकमा ५, सह–प्राध्यापकमा ७ र प्राध्यापकमा ९ जनाको आवेदन परेको छ ।
त्यसैगरी व्यवस्थापना संकायको उपप्राध्यापक दुई, सह–प्राध्यापकमा ४ र प्राध्यापकमा १ जनाको, विज्ञान र प्रविधि संकायको उपप्राध्यापकमा ३४ जना, सह–प्राध्यापकमा ४४ जना र प्राध्यापकमा ३३ जनाको आवेदन परेको छ । त्यस्तै आदिवासी अध्ययन र टेक्नोलोजी कर्णाली संस्थानको उपप्राध्यापकमा ४ र सह–प्राध्यापकमा १ आवेदन परेको छ । अनुसन्धान र विकास केन्द्रको उपप्राध्यापकमा २७ जना, सह–प्राध्यापकमा ४३ जना र प्राध्यापकमा १९ वटा, एमयू खेलकुद र योग प्रतिष्ठानतर्फ उपप्राध्यापकमा १ जना, सह–प्राध्यापकमा दुई र प्राध्यापकमा १ आवेदन परेको छ । यसरी कुल २५ पदका लागि एकसय ४२ जनाले विभिन्न पदमा तीनसय ६२ वटा आवेदन दिएको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै व्यवस्थातर्फ एक–एक जना प्राध्यापकको लागि १ वटा, सिभिल इन्जिनियरतका लागि २ वटा, जनसम्पर्क अधिकृत तथा प्रवत्ताका लागि ७ वटा, बरिष्ठ अधिकृत प्रशासनमा ११ वटा, बरिष्ठ लेखा अधिकृतका लागि ५ वटा र ४ वटा रिसेप्सनिष्टका लागि ४७ वटा आवेदन परेका छन् ।
विश्वविद्यालयले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट पीएचडी र पोष्ट पीएचडीस्तरका जनशक्ति गर्दा धेरैले यसलाई महत्वकाँक्षी योजना भनेका थिए । शिक्षामा नयाँ आयाम ल्याउने र दक्ष जनशक्ति जसले स्वदेशमा नै विश्वस्तरीय प्रणालीको विकास गर्न योग्य पदाधिकारी तथा कर्मचारी नियुक्त गर्न लागेको हो । कर्णाली प्रदेशमा दिगो विकासको अवधारणासहित सक्षम जनशक्ति निर्माण गर्न अध्यापनमा नवीनता, उद्यमशीलता र औद्योगिक विकासलाई अघि बढाउन यस्तो जनशक्तिको आवश्यकता भएको जनाएको छ ।
विश्वविद्यालयले सबै जनशक्तिहरु करार सेवामा नियुक्त गर्न लागेको हो । केही कर्मचारी संगठन तथा प्राध्यापकहरुले भने सेवा आयोगबाट कर्मचारी नियुक्ती गर्नुपर्ने भन्दै यसको विरोध समेत जनाएका थिए ।