सुर्खेत : अभियन्ता ज्ञानेन्द्र शाहीविरुद्ध सुर्खेतका स्थानीयहरु सडकमा उत्रिएका छन् । शुक्रबार रातीसुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा स्थानीय र अभियन्ता शाहीको समूह बीच झडप भएको थियो । उक्त झडपमा स्थानीय स्थानीय मजदुरहरुको कुटपिटले शाहीको समूहका केही व्यक्तिहरुलाई चोटपटक लागेको थियो । झडपबाट प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरेको थियो ।
उक्त पक्राउ परेका स्थानीयलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना भएको हो । धर्नासँगै शाहीविरुद्ध नारावाजी भएको छ । हिरासतमा रहेका स्थानीयलाई तत्काल रिहाइ गर्न भन्दै विहानदेखि स्थानीयहरु आन्दोलमा उत्रिएका छन् । स्थानीयहरुले अभियन्ता शाहीले उल्टै स्थानीयहरुलाई कुटपिट गरेर प्रहरीलाई खबरगरी पक्राउ गर्न लगाएको आन्दोलनकारी को भनाइ छ ।
स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दोषीलाई कारबाही नगर्ने निर्दोष मजदुरहरुलाई पक्राउ गरेको बन्दै ज्ञानेन्द्रकाविरुद्ध आन्दोलनमा उत्रिएका छन । स्थानीहरुको धर्ना जारी छ, मजदुरलाई रिहाइ नगरेमा आन्दोलन थप कडाइ गर्ने स्थानीयलाई चेतावनी समेत दिएका छन ।
अभियन्ता ज्ञानेन्द्र शाही र स्थानीय दुवै समुहले मापसे गरेका कारण झडप भएको हो । शाहीसहितको टोलीले नै मापसे गरेर गाउँका युवाहरुमाथि हातपात गर्दा दुवै पक्षबीच झडप भएको स्थानीय मिना सलामीले बताइन् । उनले भनिन्, 'ज्याला मजदुरी गरेर खानेलाई सामाजिक अभियान चलाउने व्यक्ति आफैले कुटपिट गर्ने आफै पक्राउ गर्ने यो कस्तो न्याय हो ।’
अन्य स्थानीय भन्छनः 'नेवारेमा घर निर्माणका काम गर्ने युवाहरु फर्किरहेका बेला सलामी टोलमा झडप भएको हो । शाहीको टोलीले स्थानीय नवराजलाई कुटेपछि प्रतिकार गर्दा घटना भएको बताउँदै हो । चिल्ला गाडीमा हिड्नेले मजदुरी गरेर परिवार पाल्नेको समस्या बुझेनन् अनावश्यक भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर केपीको भरौटे भन्नु अभियन्ताको काम हो । अब हाम्रा बालबच्चा कस्ले पाल्छ ?।"
स्थानीयले जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिएर नारा लगाएपछि प्रहरीको रोहवरमा अभियन्ता शाहीको टोली र स्थानीय मजदुरहरुको टोली वार्तामा बसिरहेको छ । प्रहरीकाअनुसार वार्ता सकारात्मक हुँदै गएको छ ।