सिमकोट : आर्थिक अभावले उपचारमा समस्या परेका बालक युद्ध शाहीको उपचारको लागि सहयोग दुई लाख बराबर जुटेको छ । घटना सार्वजनिक भएपछि उपचारको लागि सार्वजनिक अपिल गर्दा सहयोग उठ्न सुरु भएको हो । बालक शाहीको उपचारका लागि व्यक्तिगत र संस्थागत रुपमा उठेको हो । सहयोगमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको बिशेष पहल रहेको छ ।
जसको परिणाम स्वरुप नगद दुई लाख बराबर उठ्न सफल भएको छ । बालकको उपचारका लागि सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले गाउँपालिकावाट विस २० हजार, प्रमुख जिल्ला अधिकारी आचार्यले १५ हजार, उद्योग वाणिज्य संघबाट १५ हजार, स्वास्थ्य सेवा कार्यालयवाट १५ हजार,चिकीत्सक टासी आङ्जु लामाको नेतृत्वमा चिकीत्सकका तर्फबाटबाट २४ हजार, स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराको नेतृत्वमा नर्सिङ, फार्मेसी र प्यारा मेडिक्सका स्वास्थ्यकर्मीबाट २४ हजार आठ सय, रेडक्रसका केन्द्रीय सदस्य छेपाल दोर्जेबाट १० हजार, रेडियो कर्णाली आवाजबाट ५ हजार, सामाजिक बिकास कार्यालयका कर्मचारीवाट ५ हजार, सञ्चारकर्मी मन्दिर सिंहको पहलमा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतवाट ५ हजार, अन्य स्थानीयबाट २९ हजार नगद सहयोग जुटेको छ ।
यता सीता एयरले बिरामी बालक र उनको हेरचाहका लागि गएकी दिदीको सिमकोटबाट सुर्खेतसम्मको एकतर्फी हवाई भाडा निशुल्क गरिदिएको छ । यस्तै डा. लामा र प्रमुख जिल्ला अधिकारी आचार्यको समन्वयमा प्रदेश अस्पताल सुर्खेतले बालकको उपचार निशुल्क गर्ने भएको छ ।
शनिबार दिउँसो माथिबाट खसेको माटोको ढिस्कोले पुरेर दुबै खुट्टा भाँचिएका १२ वर्षे बालक युद्ध शाहीको सहयोगका लागि पौने दुई लाख आर्थिक सहयोग उठेको छ । बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भएपछि उनको उपचार हुने भएको छ । बुवा नभएका बालकको उपचारका लागि सहयोग पुर्याउने सबैलाई आमा अम्रिताले धन्यवाद दिएकी छिन ।
यो पनि पढौं
घाइते बालकलाई हुम्लाबाट सुर्खेत लगियो
सिमकोटमा माटोको ढिस्कोले च्यापिएर बालक घाइते