कोरोना भाइरसको महामारीले देश आतंकित छ । कर्णाली पनि आक्रान्त छ । अनि हुम्लाका विभिन्न बस्ती बस्ती आतंकित छन् । कोरोनाकै कारण धेरैले ज्यान गुमाइरहेका छन् । कति बिरामी छन् । तर देशै संक्रमित भएको बेलामा कर्णालीको एक मात्रै गाउँपालिका अहिले पनि कोरोनाबाट मुक्त छ । जसको नाम हो, नाम्खा गाउँपालिका । कोरोना गाउँपालिकामा कोरोना प्रवेश नगरेको होइन । तर समयमै त्यसलाई व्यवस्थापन गरिएको हो । कोरोनाबाट कसैले ज्यान गुमाउनु परेको छैन । अहिले संक्रमण शुन्य छ । गाउँले खुशी छन् ।
जनप्रतिनिधि संयमताका साथ पूर्व तयारी गरिरहेका छन् । हुम्लामै कोरोनाले मृत्यु हुने क्रम बढेको बेला नाम्खा गाउँपालिका कसरी अहिले पनि सुरक्षित छ ? कसरी कोरोनाले छुन नसकेको कर्णालीको एक मात्रै गाउँपालिका बनेको छ ? यस विषयमा कर्णाली खबरका लागि पत्रकार राजन रावतले नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामासँग गरेको कुराकानीको सम्पादित अंशः
गाउँपालिकामा दोस्रो लहरको कोरोनाको अवस्था अहिले कस्तो छ ?
नाम्खा गाउँपालिका हुम्लाको सात वटा गाउँपालिकाको तुलनामा कोरोनाका हिसावले हालसम्म ग्रीन जोनका रुपमा सुरक्षित छ । भुगोल ठुलो छ । जनसंख्या कम छ । बास्तवमा यसलाई व्यवस्थापन गर्न निक्कै चुनौतीपुर्ण कार्य हो । गतवर्ष अन्तिम समयतिर नाम्खा गाउँपालिकाको एक विद्यालयमा ५६ जना एउटै विधार्थीहरुमा कोरोना संक्रमण देखिएपछि निक्कै तनाव व्यहोर्नु परेको थियो । त्यति बेला देखि नै गाउँपालिका सजक र सतर्क तथा आबश्यक तयारीमै लाग्नु पर्यो । त्यो तयारी यस दोस्रो चरणको पुर्व तयारीका रुपमा लिनु पर्ने देखियो । ठुलो संख्यामा संक्रमित देखिएपछि ठुलै लगानी गरेर कोरोना विरुद्धका किट, उपकरण, सामाग्री र औषधीको व्यवस्था गर्नु पर्यो । त्यतिखेर आन्तरिक छलफल गर्दा अर्को वर्ष पनि कोरोना वा यस्तै अन्य कुनै प्रकोप नआउला भन्न नसकिने कुरा पनि भएको र यस्तो समस्या व्यहोर्नु नपरोस भन्नका लागि पुर्व तयारी स्वरुप पनि त्यो व्यबस्था गरिएको हो । जसको परिणाम स्वरुप यस वर्ष त्यो व्यवस्थाले ठुलो काम गर्यो । अझै भनौ हालसम्म गाउँपालिकालाई ग्रीन जोन राख्नमा यसले ठुलो सहयोग गरेको छ ।
ग्रीन जोन कायम राख्न थप के के उपाय लगाउनुभयो ?
अवश्य पनि गत गतवर्ष व्यवस्थापन भएका सामाग्रीले ठुलो काम गरेको छ । अन्य गाउँपालिकामा मात्र होईन स्वास्थ्य सेवा कार्यालयमा कोरोना परिक्षणका लागि हाल सञ्चालनमा रहेको एन्टिजीन किट नभएको बेला हामीसंग मौज्दात रहेको किटले ठुलो काम पनि गर्यो । केही किट हामीले सापटी पनि दियौ । अर्को कुरा बाहिरबाट आउने जो कोही व्यक्तिलाई कोरोना परिक्षण गरेर मात्र गाउँपालिका प्रवेशको व्यवस्था गरिएको छ । यसले पनि ठुलो काम गरेको छ । त्यसै गरि कोरोना बिरुद्ध समुदायमा व्यापक जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । स्वास्थ्यकर्मी नियमित रुपमा अनिवार्य स्वास्थ्य चौकीमा रहनु पर्ने व्यवस्था गरिएको छ । समुदाय सचेत रहनका लागि गरिएको प्रयासले पनि ठुलो काम गरेको छ । स्वास्थ्य मापदण्डमा ख्याल गरेको कारण पनि यो सफलता हालसम्म प्राप्त भई रहेको हो । यसलाई निरन्तरता दिएर अगाडी बढ्ने प्रयासमा हामी लागि रहेका छौँ ।
गाउँपालिकामा परिक्षणको व्यवस्था र बाहिरबाट आउने मानिसको चाप कस्तो छ ?
गतवर्ष जस्तो बाहिरबाट गाउँपालिकामा मानिसहरु आउने संख्या छैन । गतवर्ष जो पनि त्रासका कारण आएका थिए । तर यसवर्ष यसरी आउने मानिसको संख्या फाट्ट फुट्न नै रहेको छ । उपचारका लागि गएका र अन्य केही काम बिशेषले गएकाहरु मात्र भित्रिएका छन् । उनीहरु सवैको परिक्षण गर्ने कार्य भएको छ । यसरी जति भित्रिएका छन् । ती सबैमा संक्रमण देखिएको अवस्था छैन । केही गाउँपालिकामै बसोवास गर्दै आएकाहरुमा पनि रुघाखोकी, टाउको दुख्ने लक्षण देखिए पछि गाउँपालिकाका बिभिन्न पाँच ठाउँमा परिक्षण गर्दा संक्रमणका बिरामी देखिएनन ।
गाउँपालिकालाई ग्रीन राख्न सफल हुनुको पछाडि मुख्य कुरा के रहेछ ?
पुर्व तयारी नै सबै भन्दा ग्रीन जोन राख्न सक्नुको मुख्य कारण हो । किन भने यो बिना तत्त्काल हुम्लामा केही गर्न सकिदनै भन्ने कुरा परिक्षण गर्ने किटको अभाव जुन बेला देखिएको थियो । त्यो वेला कोरोना परिक्षण गर्न सम्भव थिए । नाँम्खा गाउँपाकिासंग भएको किटले बैशाख १९ गते नेपालगंज र सुर्खेतबाट आएका यात्रुहरुको कोरोना परिक्षण गर्न सफल भएको हो । र आठ जनामा देखियो पनि । अन्यथा कोरोना सक्रमित जिल्लामा छ्यापछ्याप्ती हुने अबस्था रहेछ । नाम्खाको पुर्व तयारले जिल्लालाई योगदान पुगेको अवस्था छ ।
कोरोनाको दोस्रो लहर भित्रिएपछि कोरोनाका लक्षणसंग मिल्ने बिरामीको संख्या पनि बढ्यो । त्यसपछि गाउँपालिकाले परिक्षण कसरी गर्यो ?
ठुलो दायरामा परिक्षण गरिएको छैन । सबैलाई संगै परिक्षण गर्न हाम्रो जस्तो क्षेत्रमा त्यो सम्भव पनि छैन । जुन जुन ठाँउ र जो जो व्यक्तिमा कोरोना परिक्षणका लक्षणहरु देखिएका थिए । त्यता त्यता परिक्षण तत्काल गरिएको थियो । सवै वडा लक्षण मिल्ने बिरामीहरु थिए । गाउँपालिकाका पाँच स्थानमा परिक्षण गर्दा कतैका व्यक्तिलाई पनि संक्रमण देखिएको छैन । बाहिरबाट आएका मानिसमा देखिएको लक्षण भएका व्इक्तिमा पनि कोरोना पुष्टि भएन । त्यसैले त्यो सिजनल फुलु हो भन्ने प्रमाणित भयो । हामीले ठुलो दायरामा परिक्षणको काम अगाडी बढाईएको होईन ।
चालु आर्थिक वर्षमा कोभिड केन्द्रित केही बिशेष कार्यक्रम राखिएका थिए कि ?
गतवर्ष यसरी कोरोना आउला भन्ने कसैले सोचेको थिएन । त्यसतर्फ खासै कार्यक्रम राखिएको थिएन । तर पनि कार्यक्रम गरियो । यस वर्ष करिब डेढ करोड बजेट बिनियोजित गरिएको थियो । त्यसवाट धेरै कोभिड केन्द्रीत कार्यक्रमहरु पनि भएका थिए । त्यही बजेटबाट पुर्व तयारीका कार्यक्रमहरु संचालन गर्न सम्भव भएको हो । त्यसै गरि बिरामी पर्दा जिल्लाबाट चिकीत्सक झिकाउन पनि कठिन हुने देखिएपछि अहिले चिकीत्सक गाउँपालिकाले भर्ना गरेर उपचार गर्ने क्रम सुरु भएको छ । त्यस्तै ल्याव टेक्निसियन पनि राखेर काममा खटाईएको छ । त्यसै गरि चीन सरकारबाट पनि केही सहयोग पाएका थियौ । गतवर्ष दोस्रो र तेस्रो चरण भन्ने थिएन । पहिलो चरण नै समाप्त भएको अबस्था थियो । यो अबस्था आउला भन्ने पनि सोचिएको थिएन । अहिले दोस्रो चरणकै मुख्य बिन्दुमा रहेका छौ । यो कुरालाई फोकस गरेर आगामी बजेटमा पनि कोभिडका लागि धेरै कार्यक्रम तर्जुमा गर्नु आवश्यक देखिएको छ । जुन हाम्रो लक्ष पनि छ ।
ग्रीन जोनका रुपमा रहनका लागि अन्य गाउँपालिकालाई के सल्लाह दिनु हुन्छ ?
मुख्य गरि यो रोगबाट बच्ने भनेको स्वास्थ्य मापदण्ड अपनाएर बस्ने भन्ने कुरा हो । हेलचेक्र्याई नगर्ने र सामाजिक दुरी पनि कायम गर्नु आबश्यक छ । यसअघि हुम्ला जिल्ला ग्रीन जोन थियो । पछि कोरोना संक्रमण भित्रियो । यसमा कही कतै कमजोरी भएको कारण कोरोना देखिएको हो । कोरोना हुम्लावाटै भित्रिएको होईन । यो बाहिरबाटै आएका मानिसहरुबाट आएको हो । त्यतिखेर सावधानी अपनाएको भए यो अबस्था हुदैन थियो हो । हामीले संक्रमित ठाउँवाट आएका मानिसलाई बिशेष निगरानी राखेको कारण यो सफलता हालसम्म हाँसिल गर्न सफल भएका हौ । अर्को कुरा तत्काल परिक्षणका व्यवस्था गर्नु पनि आबश्यक छ ।
अबको योजना के छ ? जसबाट नाम्खा गाउँपालिकालाई ग्रीन जोनका रुपमा राख्न सकिने छ ?
हालसम्म कोरोना संक्रमणका हिसावले ग्रीन जोन छ भनेर ढुक्क बस्ने अवस्था छैन । किन भने यो रोगको संक्रमणको अबस्था हेर्दा अहिले पनि मध्य बिन्दुमै छौ । बिज्ञहरुले पनि त्यसै भन्दै आउनु भएको छ । मुख्य कुरा अहिले पनि समुदायलाई सुसुचित पार्ने काम पहिलो हुनेछ । समुदायलाई सशक्तिकरण गर्नु पनि छ । त्यस अनुसार समुदायको स्तरमा अभिमुखीकरण कार्यक्रम गरिने छ । त्यसपछि औषधी तथा किट र उपकरणको व्यवस्था गर्नु पनि छ । त्यसै गरि वस्ती वस्तीमा स्थापना भएका स्वास्थ्य संस्थाहरुलाई पनि उपकरण, जनशक्ति र औषधीले भरिपुर्ण बनाउनु आबश्यक छ । अनावश्यक मानिसलाई प्रवेशमा रोक र जानै पर्ने व्यक्तिलाई परिक्षणको व्यवस्था गर्नुछ । त्यो गर्नु आगामी योजना हुनेछ ।
कोभिडसंग सरोकार राख्ने स्वास्थ्य सेवा कार्यालय लगाएत अन्य निकायहरुसंग समन्वय र सहकार्य कस्तो रहेको छ ?
हालसम्म मुख्य गरि यसविरुद्ध गाउँपालिका हालसम्म आफै लागेको छ । तर पनि भविष्यमा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्नु आवश्यक देखिन्छ । किन कि हामी आफैमा पुर्ण अवस्था पछि छैनौ । त्यसै गरि प्रदेश र संघीय सरकारसंग पनि समन्वय आवश्यक छ । हालसम्मको अवस्था हेर्दा जति हुनु पर्ने हो , त्यो समन्वय हुन सकेको छैन । त्यो दुखद विषय हो । अहिलेसम्म जति कुरा थाहा हुन आएका छन् त्यो जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा मात्र हुन गरेको छ ।
खासमा कोरोना के हो र यसबाट बच्न के गर्नु पर्छ भन्ने लाग्छ ?
अहिले विश्वलाई नै त्रासमा राखि रहेको कोरोना एक प्रकारको भाइरस हो । यो विशोषज्ञ मार्फत पनि थाहा भएकै कुरा हो । अव सबैले बुझ्नु पर्ने कुरा के छ भने कोरोना लाग्ने बित्तिक्कै सकिन्५ भन्ने सोच्नु हुँदैन । डराएर बस्नु पर्ने अबस्था पनि छैन । तर यसलाई केही पनि होईन भन्ने सोच्नु पनि मुर्खता हुनेछ । लापरवाही गर्नु पनि हुँदैन । कतिपय कोरोना संक्रमण लागेका घटना हेर्दा लापरवाहीबाट भएका पनि सुनिएकै छन् । त्यो कुरालाई ध्यान दिनु आवश्यक छ । सजक रहने र सावधानी अपनाउनु मुख्य कुरा हो । केही गरि कोरोना संक्रमण लागेकै खण्डमा पनि मनोवल उच्च वनाउनुका साँटो गिराउने तर्फ लाग्नु हुँदैन । त्यसले ज्यानको जोखिम पनि हुन सक्छ ।
अव आगामी तयारीबारे के सोच बनाउनु भएको छ ?
गतवर्षको घटनाले यो अवस्थामा हामीलाई पुर्याएको छ । यो कुरा अन्य गाउँपालिका लागु हुन सकेन । जब भोगिन्छ । त्यसपछि शिक्षा पाईन्छ भन्ने जस्तै भयो । आवश्यक कुराको वन्दोवस्ती गर्न पनि सहज भयो । गत वर्षको सिकाईले यो वर्ष सहजता भयो । यो कुरालाई ठुलो शिक्षाका रुपमा सवैले लिनु आवश्यक छ । रोग समाप्त हुन्छ भन्ने छैन । रोग तीथि र मिति तोकेर नआउने भएको कारण आगामी वर्षको योजना पनि अव चर्चामा रहेको र बिशेषज्ञहरुले भनेको तेस्रो र चौथो चरणको लहर केन्द्रीत नै हुनेछ । यसका लागि आवश्यक आफुसंग भएको साधन श्रोतलाई मध्यनजर राख्दै बिशेष योजना बनाईनेछ ।
अन्तमा केही भन्नु छ, जसबाट कर्णाली र अरुलाई पनि सन्देश दिन सकियोस ?
यो रोगबाट पहिलो चरण पार गरेर दोस्रो चरणमा रहेका छौ । जसले सबैलाई निक्कै दुख दिएको छ । जतिवेला छिमेकी भारतमा यो लहर तिव्र रुपमा थियो । त्यो बेला संघ प्रदेश सरकारले रोकथामका लागि केही पहल गर्नुपर्ने थियो । त्यो हुन सकेन र बरु हामीले स्थानीय स्तरमा केही गरेका थियो । यसलाई लापरवाही नगरौं । यसबाट सचेत रहौं । सावधानी अपनाऔं । सबैले पुर्व तयारी गरेर बसौं भन्न चाहान्छु ।