काठमाडौं । कोरोनाको संक्रमण विश्वभर फैलिदो छ । यो यति डरलाग्दो भाइरस बनेको छ । जसबाट संसारकै शक्तिशाली व्यक्तिहरु पनि भयभीत छन । संसारलाई आकुल व्याकुल पारेको कोरोना भाइरसबाट केही विश्वस्तरीय राजनीतिज्ञ पनि संक्रमित छन ।
अरुलाई कोरोनाबाट बच्नुपर्ने सन्देश दिँदादिदै उनीहरु स्वंयम पनि यसबाट प्रभावित भइरहेका छन । कोरोना भाइरसबाट बेलायती प्रधानमन्त्री बोरिस जोनसनदेखि अष्ट्रेलियाका गृहमन्त्री पीटर डटन समेत संक्रमित छन । कोरोनाबाट संक्रमित उनीहरुको दिनचर्या अहिले अरुबेला भन्दा निकै फरक छ ।
कोरोनाबाट संक्रमित भीआइपीहरु को को हुन त ?
बेलायती प्रधानमन्त्री जोन्सन
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता ज्वरो आउने, खोकी लाग्ने भएपछि उनका उनका प्रमुख मेडिकल सल्लाहकारको सुझावमा जोनसनले कोरोना परीक्षण गराएका थिए ।
परीक्षणपछि उनलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएलगत्तै प्रधानमन्त्री जोनसनले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै अरुलाई संयमित हुन आग्रह समेत गरे । ‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अनि छुट्टै बसेर काम गरिरहेको छु ।’ भिडियोमा उनले भनेका छन, ‘यसबाट कोही पनि नआत्तिनुहोला । आफु सुरक्षित रहनुहोला । मलाई संक्रमण पुष्टि भएपछि म छुट्टै बसेर सरकार सञ्चालनका काम गर्नेछु ।’
बेलायती युवराज चार्ल्स
बेलायती युवराज चार्ल्स पनि कोरोना संक्रमित हुन । गएको बुधबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएपछि ७१ वर्षीय चाल्र्स अहिले क्वारेन्टाइनमै बसेर स्वास्थ्य उपचार गराइरहेका छन ।
कोरोना भाइरसको उपचार गराइरहेका उनी अहिले आफू स्वस्थ्य रहेको बताएका छन । उनी संक्रमित भएपनि उनकी पत्नि डचेज अफ कर्नवेललाई संक्रमण देखिएको छैन । युवराज बाहेक अरुलाई पनि यो भाइरसको संक्रमण नभएको देखिएको छ ।
बेलायती स्वास्थ्यमन्त्री म्याट
बेलायती प्रधामनन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमण भएको छ। उनलाई केही दिनअघि नै कोरोना संक्रमण देखिएको थियो । धेरैजसो बिरामी, चिकित्सक र बिरामीको उपचारका लागि अस्पताल निर्माण तथा व्यवस्थापनका लागि खटिदै गर्दा स्वास्थ्यमन्त्री म्याटलाई संक्रमण भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन ।
अस्ट्रेलियन गृहमन्त्री पीटर डटन
अस्पताल भर्ना भएपछि अस्ट्रेलियाका गृहमन्त्री पीटर डटनलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनी अमेरिकाको वासिङटनबाट अमेरिकी महान्याधिवक्ता विलियम बार, अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्का र ह्वाइट हाउसका अन्य अधिकारीलाई भेटेर फर्किएपछि कोरोनाबाट संक्रमित भएको हो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
अमेरिकी सिनेटर र्यान्ड पौल
अमेरिकी सिनेटर र्यान्ड पौल कोरोना संक्रमित हुने पहिलो सिनेटर र तेस्रो संसद सदस्य बनेका छन्। वासिङटनस्थित उनको कार्यालय १० दिनअघि नै ‘भर्चुअल्लीु सञ्चालन भएकाले उनको सम्पर्कमा कोही पनि नआएको बताइएको छ।
क्यानेडा र स्पेनका प्रधानमन्त्रीकी पत्नि
क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रन्डोकी पत्नि सोफीलाई कोरोना संक्रमण भएको छ। बेलायतबाट फर्किएको केही दिनपछि उनलाई कोरोना संक्रमण भएको थाहा भएको थियो । उनी र उनका श्रीमान् १४ दिन स्वयं सेल्फ क्वारेन्टाइनमा गएका थिए।
यस्तै क्यानडापछि स्पेनका प्रधानमन्त्री पत्नीलाई पनि कोरोना संक्रमण भएको थियो ।
फ्रान्सका संस्कृति मन्त्री रिस्टर
फ्रान्सका संस्कृति मन्त्री फ्र्याङ्क रिस्टरलाई मार्चको सुरुमै कोरोना भाइरसको संक्रमण भएको थियो। कोरोना भाइरस संक्रमित हुने उनी पहिलो सरकारी मन्त्री बनेका थिए।