काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आइतबार बिहानसम्म विश्वभर ३० हजार ८ सय ७९ जनाको ज्यान गएको समाचार एजेन्सीले जनाएका छन ।
अहिलेसम्म ६ लाख ६३ हजार ७ सय ४० जनामा संक्रमण हुँदा १ लाख ४२ हजार १ सय ८३ जनालाई निको पनि भएको छ ।
सबैभन्दा धेरै इटालीमा
कोरोनाबाट सबैभन्दा धेरै इटालीमा १० हजार जनाले ज्यान गुमाएका छन । यो समाचार तयार पार्दासम्म इटालीमा १० हजार २३ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ रहदा ३ हजार ८ सय ५६ जनाको अवस्था गम्भिर छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा झण्डै ८ सय बढीले ज्यान गुमाएका छन ।
इटालीपछि स्पेनमा पनि मृत्यु हुनेको सख्ंया बढ्दो छ । अहिलेसम्म स्पेनमा ५ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा मात्रै स्पेनमा ९ सय बढीले ज्यान गुमाएका छन । ७३ हजार २ सय ३५ जना संक्रमित भएको स्पेनमा ४ हजार बढीको अवस्था चिन्ताजनक छ ।
इटाली र स्पेनपछि चीनमा ३३ सय जनाको मृत्यु भएको छ । ८१ हजार ४ सय ९२ जना संक्रमित हुँदा चीनमा ७५ हजार भन्दा धेरै सञ्चो भएर घर फर्किसकेका छन । चीनपछि इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३५ हजार संक्रमित इरानमा ३ हजारभन्दा धेरैको अवस्था गम्भिर छ ।
इरानपछि फ्रान्समा २३ सयको ज्यान जाँदा संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २ सय २७ पुगेको छ । अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमण भएका अमेरिकामा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख २३ हजार ७ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
तीमध्ये ३ हजारलाई मात्रै सञ्चो हुँदा २ हजारको अवस्था गम्भिर छ । १ लाख १८ हजार बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा पनि कोरोनाको संक्रमण फैलिदो मात्रामा छ । जहाँ अहिलेसम्म १ हजार १९ जनाको मृत्यु हुँदा १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, युवराज चाल्र्स र स्वास्थ्यमन्त्री समेत कोरोनाबाट संक्रमित छन ।
भारतमा २४ जनाको मृत्यु
दक्षिण एसियामा सबैभन्दा धेरै कोरोनाका बिरामी पाकिस्तान र भारतमा छन । भारतमा अहिलेसम्म ९ सय ८७ जनामा कोरोना संक्रमण हुँदा २४ जनाको ज्यान गएको छ । यसमध्ये ८४ जनालाई सञ्चो भएको छ भने ८ सय ७९ जनाको उपचार भइरहेको छ ।
भारतपछि पाकिस्तानमा अहिलेसम्म १२ जनाको ज्यान गएको छ । १४ सय ९५ जनामा संक्रमण देखिएको पाकिस्तानमा २९ जनालाई मात्रै सञ्चो भएको छ भने अरुको उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन भने चार जनाको उपचार भइरहेको छ ।