कर्णाली : शुक्रबार कर्णालीमा नेकपा एमाले संसदीय दलको बैठक बस्यो । बैठकले माओवादी नेतृत्वको कर्णाली सरकारमा सामेल भएका एमालेका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दियो ।
गत बैशाख ३ गते एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिदैँ चैट भएको कुर्सी जोगाइदिएका थिए ।
कुर्सी जोगाइ दिएपछि मुख्यमन्त्री शाहीले नेकपा एमाले माधव गुटका तीन जना सांसदलाई मन्त्री पद उपहार दिए । उक्त उपहार पाउनेमा अम्मरबहादुर थापा, कुर्मराज शाही, र नन्दसिंह बुढा परे ।
यता एमालेले पार्टीको ह्वीप उलंघन गरेको भन्दै मन्त्री पद उपहार पाएका तीन जनासँगै प्रकाश ज्वालालाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाट हटाइदिएको थियो । सर्वोच्चमा रिट परेपछि उक्त चार जना सांसदलाई अदालतले जेठ २७ गते बिहिबार पुनर्बहाली गरिदियो ।
पुनर्बहालीपछि चार सांसद एमाले संसदीय दलमा फर्किएको सभामुख राजबहादुर शाहीले सभामै पत्र पढेर सुनाएका थिए । पटक पटक कर्णालीमा एमाले संसदीय दलको बैठक बस्यो ।
तर, पुनर्बहाली चार जना मध्ये प्रकाश ज्वाला बाहेक अन्य उपस्थिती भएनन् । अन्यले संसदीय दलको बैठकमा सहभागी हुन ठाडै अस्वीकार गरे । पार्टी र सांसद पद गुमाएकालाई माओवादी नेतृत्वको कर्णाली सरकार नै प्यारो लाग्यो ।
बैठकमा उपस्थिती नभएपनि शुक्रबारको एमाले संसदीय दलले सरकारमा एमालेबाट सहभागी भएका तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दियो । उक्त निर्णयमाथि तीन मन्त्रीले लात हान्दै ‘अदालतले पार्टीको ०७५ जेठ २ अघिका पदाधिकारीलाई मान्यता दिइएको कारण केपी ओली गुटको शुक्रबारको निर्णय नमान्ने तीन मन्त्रीको अडान भयो ।
संसदीय दलका नेता तथा ओली गुट निकट यामलाल कँडेलले सर्वोच्चले पुनर्बहाली गरिदिएको पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तर्गतको संरचना अनुसार निर्णय मान्नुपर्ने बताएका छन ।
नेता कँडेलको निर्णयलाई ठाडै अस्विकार गर्दे मन्त्रीबाट राजीनामा नदिने सरकारमा सामेल भएका तीन मन्त्रीहरुले बताए । २ जेठको पार्टी संरचना बाहेक बसेको बैठकलाई नचिन्ने, ‘नवौं महाधिवेशनबाट निर्वाचित कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका उपाध्यक्ष युवराज ज्ञवालीको निर्देशन भए सामेल भएको सरकार छोड्ने तीन मन्त्रीको अडान छ । माओवादी सरकारमा सामेल भएका मन्त्री माधव गुटका हुन ।
र, यो पनि पढौं
कर्णालीका ४ सांसदको पद सर्वोच्चद्धारा पुनर्बहाली
यस्तो छ कर्णालीका चार सांसदलाई पुनर्बहाली गराउने सर्वोच्चको आदेश
संसदीय दलको बैठकमा पुनर्बहाली चार सदस्य अनुपस्थित