काठमाडौ । कोरोनाको संक्रमण देखिसकेपछि नेपाल सरकारलाई काम गर्ने हतारो छ । ढिलैपनि लकडाउन गरेर कोरोनाविरुद्ध कडाईका साथ कदम चालेको सरकारले अझै केही कमी कमजोरी गरिरहेको विज्ञहरुको आरोप छ ।
सरकारले ढिलै भएपनि काम गरिरहेको छ । अझै केही समन्वयको पाटोमा भने कमजोरी देखिन्छन । यस्तो बेलामा सरकार होस र सामाजिक काम कारबाही, बरिष्ठ मुटु रोग विशेषज्ञ डा.रामेश कोइरालाले केही सुझाव दिएका छन ।
![](/uploads/shares/Ramesh Koiralas.jpg)
कोरोनाको महामारी विश्वभर फैलिरहेका बेला उनले कोरोनाविरुद्ध कसरी संयमित बन्ने ? के के तयारी गर्ने र आम नागरिकलाई संक्रमण हुनबाट कसरी सचेत गराउने बारे मननयोग्य सुझाव दिएका छन । जुन यसप्रकार छन :
१. टेस्ट किटसँगै चीनसँग एक करोड पीपीइ मागौँ । सम्बन्ध सुमधर छ । चीन सरकारले किट दिन सक्छ ।
२. अहिले नै कोरोनाको उपचार गर्ने अस्पताल छुट्याऔ । पछि समस्या बढेका बेला हतार गर्दा व्यवस्थापन फितलो हुन्छ ।
३ं ज्वरो आएकालाई घरै बसाऔ । बाहिर जान नदिऔँ ।
४. विदेशबाट आएकालाई तत्कालै जाँच गराऔ । लक्षण देखिएमा क्वारेन्टाइनमा राखौ ।
५. आफूलाई शंका लागेका जोसुकैलाई पनि स्वास्थ्य परीक्षण गराऔँ ।
६. समय वा ड्युटी बाँडफाँड गरेर स्वास्थ्यकर्मीको उचित उपयोग गरौँ ।