मोरङः मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गरिरहेको सामाजिक संस्था लक्ष्मिनिया युवा क्लबले अति विपन्न ३८ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
उक्त विपन्न परिवारलाई निषेधाज्ञाका बीचमा हातमुख जोड्न धौ धौ भएको थियो । त्यसलाई मध्यनजर गर्दे क्लबले खाद्यान्न सहयोग गरेको हो । क्लबले तत्काल ३८ विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।
खाद्यान्नमा प्रतिपरिवार २५ किलो चामल,३ किलो दाल, २ लिटर तेल, ३ किलो पिठो, ५ किलो आलु, एक बोरा भुजा, २ किलो नुन, २ किलो चिनी, साबुन मास्क लगायतको सहयोग गरेको हो ।
क्लबले निषेधाज्ञाको समयमा ज्याला मजदुरी गरेर छाक-टार्ने विपन्न परिवारलाई आवश्यक अनुसारको ३० देखि ५० किलोसम्म चामल लगायत अन्य खाद्यान्न दिने गरेको छ ।
उक्त क्लबले खाद्यान्न वितरण गर्नुको साथसाथै कोभिड संक्रमितको घर घरमा पुगेर सचेतना कार्यक्रम गर्दै स्वास्थ्य सामग्री वितरण गर्दे आएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाहरुलाई सिधा फोनबाटै क्लबको मेडिकल टिम तथा बिराटनगरका प्रख्यात चिकित्सकसँग परामर्श लिनसक्ने सुबिधा, कोरोना संक्रमितको घरमा मेडिकल टिमको पुग्ने समस्या बुझ्ने समेत गरेको छ । यो अभियान निरन्तर रहने क्लबका अध्यक्ष नितेश कुमार साहले बताए।
अघिल्लो वर्ष पनि निषेधाज्ञा सुरु भयो । विपन्नहरु गाँस बासको खोजीमा रहेका थिए । उनीहरुलाई क्लबले गाँसको जोहो गरिदिएको थियो । अघिल्लो वर्षबाट क्लबले यो अभियान निरन्तर चलाइरहेको छ ।
कोरोनाको दोश्रो लहर सुरु भएदेखि क्लबले अहिलेसम्म ३८ घरपरिवारमा एक सय पाँच किलो चामल, १०० किलो दाल, ७४ लिटर खाने तेल, ५८ किलो नुन, १२२ किलो आलु, २५ बोरा भुजा, ३२ किलो पिठो, ३२ किलो चिनी, ५० पिस साबुन र ३००० भन्दा बढी मास्क वितरण गरिसकेको छ। सहयोगी हातहरुको सहयोगले अभियान निरन्तर जारी छ रहेको कल्ब का जहदा ९५ शाखा अध्यक्ष सरोज महतोले बताए।