काठमाडौं : कर्णालीका पुनर्बहाली भएका चार सांसदमाथि एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले अर्को र फरक अभ्यास सुरु गरेका छन । पटक पटक कर्णाली सरकार ढलाउने योजनासहित अभ्यास गर्दा पनि नेता कँडेल असफल भएका थिए ।
बैशाख ३ गते एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए । पार्टीको ह्वीप उलंघन गरेको भन्दै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही, र नन्दसिंह बुढालाई पार्टीको सदस्यसहित सांसद पदबाट हटाइएको थियो ।
उक्त चार जनाको सर्वोच्च अदालतमा रिट पर्यो । उनीहरुलाई न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले जेठ २७ गते एमालेले गरेको कारबाही मान्य नहुने आदेश गर्दै पुनर्बहाली गरिदियो । पुनर्बहालीसँगै कर्णालीमा उनीहरुलाई एमाले संसदीय दलको सदस्य समेत रहने गरी सर्वोच्चले आदेश जारी गरिदियो ।
आदेशपछि चैट भएको पार्टी सदस्य र सांसद पद पनि जोगियो । प्रकाश ज्वाला बाहेक अन्य तीन जना माओवादी नेतृत्वको कर्णाली सरकारमा सामेल भइ मन्त्री समेत बनेका छन । थापा भौतिक पुर्वाधार,बुढा उद्योग पर्यटन, शाही भुमि व्यवस्था मन्त्री बने । एमालेबाट तीन जना मन्त्री बनेपनि कर्णालीमा एमाले नै प्रमुख प्रतिपक्षी दलका रुपमा छ ।
यस कारण एमाले संसदीय दलको बैठकबाट पटक पटक मन्त्रीको राजीनामा दिने निर्देशन दिएको छ । तर मन्त्रीहरुले राजीनामा नदिने अडान लिएका छन । उक्त मन्त्रीको अडानपछि कँडेल उनीहरुलाई चैट बनाउने अर्को अभ्यास सुरु गरेका हुन । उसो त कर्णालीमा सरकार ढलाउनेदेखि गलाउनेसम्म अभ्यास नेता कँडेलले नै गर्छन । तर, असफल हुन्छन् ।
आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट कारबाहीमा परेका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गराएका छन । उक्त निवेदनको सुनुवाइ मंगलबार तोकिएको एमाले श्रोतले जनाएको छ ।
जेठ २७ गते सर्वोच्चको आदेशमा उल्लेख गरिएको छः पार्टीको केन्द्रीय कमिटीले कारबाही गर्न पाउने भए पनि एमालेमा अहिले केन्द्रीय कमिटी नभई महाधिवेशन आयोजक कमिटी रहेकाले महाधिवेशन आयोजक कमिटीले यस्तो कारबाही गर्न नमिल्ने भएको हो । तर एमाले अध्यक्ष ओलीको भ्याकेटमा महाधिवेशन आयोजक कमिटी पनि केन्द्रीय समितिले बनाएकाले यसले केन्द्रीय समितिकै अधिकार प्रयोग गरिने उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पद र महेन्द्र शाहीको कार्य योजनाहरुलाई चैट बनाउन नसकेपछि कँडेलले गुट नमिलेपछि आफ्नै पार्टीका मन्त्रीलाई पदबाट चैट बनाउने अर्को अभ्यास गरिरहेका छन । मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही, र नन्दसिंह बुढा र फ्लोर क्रसमा सामेल तथा योजनाकार नेता प्रकाश ज्वाला माधव गुटका हुन । कँडेल ओली गुट समूहका हुन । ज्वाला र मन्त्रीपद उपहार पाएका तीन जनालाई एमालेले वैशाख १४ गते पदमुक्त गरिदिएको थियो । उनीहरु माओवादी नेतृत्वको कर्णाली सरकारको स्टील मन्त्रीको कुर्सीमा छन ।