काठमाडौ, १७ चैत । नेपालमा अहिलेसम्म ५ जना मानिसमा कोरोना संक्रमणको पुष्टि भएकामा ती सबै विदेशबाट आएका हुन । एक जना चीनबाट, एक जना फ्रान्सबाट, दुई जना दुबईबाट र एक जना बेल्जियमबाट आएकामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
चीनको वुहानबाट फैलिएको यो भाइरस युरोप हुँदै भारत र नेपाल भित्रिएको हो । यो भाइरस आफै आएको नभई त्यहाँ रहेका नेपाली नेपाल आउँदा भाइरस पनि बोकेर आएका हुन ।
शहरमा विदेशबाट आएका मानिसहरुबाट जोखिम बढी छ । अहिलेसम्म विदेशबाटै आएकाहरुमा मात्रै कोरोना पुष्टि भएकाले पनि यो तथ्य वास्तविक मानिन्छ । तर गाउँमा भने अवस्था फरक छ ।
विदेशबाट आएका उनीहरु शहरमा मात्रै होइन गाउँमा समेत पुगेका छन । यसभन्दा बढी भारत गएका मानिसहरु झन् सोझै गाँउ आएका छन । कोरोना महामारीको सन्त्रास बढेका बेला परदेशीहरु नौकरी छाडेर आफ्नै गाउँ फर्किएका हुन ।
तर उनीहरु संक्रमित भन्ने होइनन् । तर अहिलेसम्म हेर्दा उनीहरुमा संक्रमणको जोखिम भने निकै धेरै छ । भारतबाट आएका धेरै जना रेल चढेर आउँछन । रेलमा मान्छेहरुको भीड हुन्छ । रेलमा संक्रमण दर यसै धेरै हुन्छ ।
त्यसरी रेल चढेर आएकाहरु फेरि बस तथा माइक्रोबस चढेर घर आइपुग्छन । बसमा परदेशीसँग अरु विदेशबाट आएका मानिसहरु पनि हुन्छन । विदेशबाट आएका कोही एउटालाई कोरोना छ भने त्यो बस चढ्ने अरुलाई पनि सर्छ । यस्तो अवस्थामा भारतबाट गाउँ भित्रिएका धेरैमा कोरोना भाइरस सर्ने जोखिम धेरै छ ।
दक्षिण एसियामा सबैभन्दा डर भारतमा मानिएको छ । भारतमा मान्छेहरुको चाप निकै धेरै छ भने अहिलेसम्म त्यहाँ २७ जनाको ज्यान गइसकेको छ । एक हजार भन्दा धेरै संक्रमित छन ।
यदि अहिले भारतबाट गाउँ आएकाहरुबाट टाढै बस्न सकिएन भने सिंगो गाउँ नै कोरोनाबाट संक्रमित हुने जोखिम पक्का छ । त्यसमाथि भारतबाट आएर क्वारेन्टाइनमा बस्नुपर्ने बेला परदेशीहरु गाउँ हिड्नु मुर्खता हो ।
उनीहरुको नजिक आफू र आफ्ना घर परिवार कसैलाई जान नदिनु उत्तम हुन्छ । भारतबाट आएकाहरु सकेसम्म घरमै, नभए एकान्तमा बस्नु उत्तम हुन्छ ।
यति जान्दाजान्दै पनि हेलचेक्राई गरेर विदेशबाट आएकाहरुसँग नजिकिदा कोरोना संक्रमण भयो भने आफै जिम्मेवार हुनुपर्ला । किनकी अहिलेसम्म यो रोगको औषधि पत्ता लागेको छैन ।