दैलेख : बाल हेल्प लाइन १०९८ दैलेख, सामाजिक सेवा केन्द्र सोसेक नेपालले छ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित, बाढी पहिरो र आगलागीबाट प्रभावित छ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको सोसेकले जनाएको छ ।
आइतबार सोसेकका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले खाद्यान्न बुझाएका थिए । खाद्यान्नमा प्रतिपरिवार एक बोरा चामल, २ किलो दाल, २ लिटर तेल, एक केजी नुन, एक केजी चिनी, एक प्याकेट चियापत्ती, २/२ वटा कपडा धुने र नुहाउने साबुन, एक वटा टुथपेस्ट, एक वटा ब्रस, सेनिटाइजर र ५० वटा दिइएको हो ।
यस्तै जोखिममा परेका आठ जना बालबालिकालाई छात्रवृत्ति स्वरुप राहत लिइएको छ । भगवतीमाई गाउँपालिकाका ६ जना र नारायण नगरपालिकाका २ जनालाई छात्रवृत्ति सहयोग उपलब्ध गराईएको हो । बाल हेल्पलाइनद्धारा प्रति बालबालिकालाई विद्यालय पोषाक, झोला, सुइटर, २० वटा कापी एक एक दर्जन डट्पेन र पेनसिल, ज्यामिति सहयोग गरिएको हो ।