काठमाडौंः कर्णाली प्रदेश सरकारले असार १ गते सभामा बजेट प्रस्तुत गर्यो । उक्त बजेट प्रस्तुतपछि प्रदेश सभा बैठक चल्न सकिरहेको छैन । मंगलबार दिउँसो बोलाइएको बैठक पनि चल्न सकेन ।
अब कर्णालीमा बैठक चल्न सर्वोच्चको आदेश नै कुर्नुपर्ने देखिन्छ । ६ गते आइतबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका चार सांसदको पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदन दर्ता गराए । उक्त निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले मंगलबार चार सांसदलाई जवाफमा उपस्थित हुन आदेश जारी गरिदियो ।
चार सांसद जवाफमा उपस्थित हुँदैछन । उनीहरुको उपस्थिती नभएसम्म प्रदेश सभा नचल्ने संकेत देखिएको छ । कर्णाली प्रदेशमा सभा पटक पटक स्थगित हुँदै आएको सभा हो । यो कुनै नौलो कुरा भने होइन ।
तर नौलो नै भए पनि आर्थिक वर्षको बजेट प्रस्तुतबाट यताको हो । कर्णाली सरकारले बजेटको सार्वजनिक गरेदेखि सभा चल्न सकिरहेको छैन । कारण चार जनाको अनुपस्थित ।
चार जना मध्ये प्रकाश ज्वाला बाहेक अन्य मन्त्री हुन । नन्दसिंह बुढा उद्योग पर्यटन, अम्मरबहादुर थापा भौतिक पुर्वाधार, कुर्मराज शाही भूमि व्यवस्था मन्त्री छन । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारबाट राजीनामा दिन निर्देशन दिइरहेको छ ।
उक्त निर्देशनलाई ओली गुटको मात्रै भएको भन्दै मन्त्रीहरुले राजीनामा नदिने अडान गरेका थिए । उक्त अडानपछि ओलीले भ्याकेटद्धारा सांसदमाथि प्रहार गरेका हुन । त्यसको छलफल तथा बहस भइरहेको छ । अर्को सर्वोच्चको अन्तिम आदेश भने आउन बाँकी छ । त्यतिन्जेलसम्म प्रदेश सभा प्रष्ट नचल्ने संकेत देखिएको छ ।
चलेपनि सभामा सांसदहरु एक अर्काको मुख हेर्ने सयौं थुँगा फूलका हामी एउटै माला नेपाली, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल भन्ने फर्किने छन ।