कालिकोटः पहिरोले कर्णाली करिडोर खुलालु हुम्ला सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा व्यवसायी आफैंले यात्रुबाहक जीप चल्ने लिग बनाएपनि मालबाहक गाडी चल्नसक्ने अवस्था छैन । यहाँको भौरेकुना, रेगिंल, कोट, आमतडालगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै भात्तडी(भुराबगर(जारकोट खण्ड र बाजुरा खण्ड अवरुद्ध छ ।
वर्षाले खोला बढेपछि नेपाली सेनाले निर्माण गरेको फूगाड बेलिब्रिज गत वर्षको पहिरोले बगाएपछि गाडी र यात्रुआवत जावत गर्न पनि कठिन छ । करिडोरको ठाउँ ठाउँमा पहिरो गएकाले पहिरो हटाउन मेसिन नहुँदा समस्या भएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।
वर्षाले कालीकोटका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक बेला बेलामा अवरुद्ध भए पनि सडक डिभिजन कार्यालय जुम्ला र खाडाचक्र नगरपालिकाले पहिरो हटाउँदै सुचारु गरिरहेको भए पनि स्थानीय तहले खनेका सडक अवरुद्ध छन् ।
वर्षाले यहाँका स्थानीय तहले खनेका सबैजसो ग्रामीण सडकमा पहिरो झरेको छ । डोजरले खनेका सडक पानीले गलाएपछि पहिरो खसेको हो । पहिरो नझेरेको ठाउँमा पनि हिलाम्मे भएकाले गाडी गुड्न सक्ने अवस्था छैन ।
वर्षाले थामकोट(बल्लेकाध हुँदै सालडाँडा जोड्ने सडक, शुभकालिकाको सेरिघाट(भर्ता र सुकाटिया जोड्ने सडक, नरहरिनाथको कोटवाडा कुमालगाउ सडक, सान्नी त्रिवेणीको सान्नीगाड(मेहेलमुडी, स्युना रास्कोट हुँदै मुम्रा सडक, आरसीपी बजार(फूकोट सडक, खाडाचक्रको पिली(पाखा सडक, तिलागुफाको बाली(छाप्रे, गाल्जे(जुविथालगायतका सडक पनि पहिरोले अवरुद्ध छ ।
'तुलाराम पाण्डेले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं ।"