सुर्खेतः कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्यायो । बजेट ल्याएको १० दिन बित्यो । तर बजेटमाथि छलफल भने भएको छैन । सत्तामा टाँसिएको एमाले र प्रतिपक्षी थुप्रिएको एमाले बीचको कलहको कारण बजेटमाथिको छलफल भएको छैन ।
पटक पटक स्थगित हुँदै आएको कर्णालीको बैठक ११ गते शुक्रबारसम्मको लागि सर्यो । कर्णालीमा प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेको ओली समूहका एमालेका सांसदहरूले एमालेबाट माओवादी सरकारमा सामेल भएका तीन मन्त्रीको राजीनामा र विषयगत मन्त्रालयको बजेटको किताब उपलब्ध गराउँन माग गरेको थियो । उक्त माग पुरा नगर्दा पटक पटक बैठक स्थगित भएको हो ।
प्रतिपक्षीमा रहेका एमालेका एक सांसदका अनुसार कर्णाली सरकारले बजेटमाथिको छलफल गर्न नचाहेको बताए छन । हामीले एमालेबाट मन्त्रीको राजीनाको माग गरेका थियौं । अर्कोमाग भनेको बजेटमाथिको छलफलका लागि मन्त्रालयगत बजेटको किताब उपलब्ध गराउने उक्त उपलब्ध नगराएपछि संसद् बैठक चल्न नसकेको उनको दाबी छ ।
कर्णालीदेखि केन्द्रसम्म एमालेको राजनीति उथल पुथलले प्रत्यक्ष असार कर्णालीको बजेटमाथिको छलफललाई गरिरहेको छ । माधव गुटबाट कर्णालीमा मन्त्री बनेका तीन जनालाई संसदीय दलले मन्त्री पदबाट राजीनामा दिनुपर्ने निर्देशन दिएका थिए । उनीहरुले ठाडै अस्वीकार गरेपछि बजेटमाथिको छलफलमा अवरुद्ध सिर्जना भएको हो ।
दिनौं वित्यो । कर्णालीको बजेटमाथि छलफल भएको छैन । सत्ता र प्रतिपक्षी एमालेको कलह कारण बजेटमाथि छलफल नभएको हो । यता आफ्नो पार्टीभित्र मिलाउनुपर्ने विषयलाई लिएर एमालेले संसद् नै सुरु हुन नदिएको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बताए । संसद्मा बजेटमाथिको छलफल सुरु भएपछि कार्यतालिकाअनुसार सबै मन्त्रालयको बजेटको किताब उपलब्ध गराउन तयार रहेका छौं । ‘सरकारले किताब ल्याएन भन्ने त बहाना बनाएको मन्त्री शर्माको दाबी छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका चार सांसदको पुनर्बहालीको आदेशविरुद्ध पुनरावेदन (भ्याकेटं) दर्ता गराएपछि झन् कलह सुरु भएको छ । । मंगलबार ओलीले दिएको पुनरावलोकन माथिको सुनुवाइपछि सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश गरेको छ ।