दैलेख : भुगोलको हिसाबले विकट मानिएको दैलेखको महावु गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट ल्याएको छ । विकास र समृद्धिको नारा बोकेर महाबु गाउँपालिकाले आफ्नो नवौँ गाउँसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको हो । जसमध्ये पुँजीगत तर्फ १० करोड ९ लाख र चालु तर्फ ७ करोड २४ लाख बराबर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाले जानकारी दिइन् ।
पालिकाले बितेका बर्षहरुमा उल्लेख गरे जस्तै प्रगति हाँसिल गरेको उपाध्यक्षले बताइन । शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण लगायतका भौतिक संरचना बनाइएको छ । यस्तै परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यवसायिक कृषि प्रणालीमा ल्याइएको बुढाले भनिन् ।
‘साथै गएका वर्षहरुमा प्राविधिक तथा बौद्धिक जनशक्तिको कमीले भने जस्तो विकास गर्न नसकिए हो । वार्षिक भोकमरीको अवस्था यथावत् भएकोले श्रममा आधारित रोजगारीको अवसर अगाडी ल्याउनुपर्ने साथमा प्रधानमन्त्री, मुख्यमंत्री, अध्क्षय रोजगार जस्ता कार्यक्रम बाट रोजगारी सिर्जना भएको छ ।’ उपाध्यक्ष बुढा भनिन् ‘आगामी आवको नीति तथा कार्यक्रमलाई महावुले पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । ‘
‘यस्तै मुख्य बजार क्षेत्र कालोपत्रेको पहल गरिनेछ । कृषि तर्फ खाद्यलाई मध्यनजर गरी कृषि मा आत्मनिर्भर हुने गरी बजेट व्यवस्थापन गरिएको छ । जग्गा सिञ्चित गर्न बाँकी जग्गालाई यसै वर्ष सिञ्चित गराइने छ । खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिईएको छ । यसअघिको अभियानले अहिले २ हजार घरधुरीले स्वच्छ पिउँने पानी पाएका छन् ।’ उनले भनिन् ।
यस्तै अध्क्षय रोजगार कार्यक्रम मार्फत रोजगार सिर्जना गरी विद्युत विस्तार, महिला उद्यम, गरीब तथा विपन्न परिवारलाई श्रम तथा रोजगारको व्यवस्था गरिनेछ । सामाजिक विकास तर्फःकोरोनाले विद्यार्थीको पठन पाठन खस्किएको मा यसलाई प्रविधि मैत्री बनाइने छ । कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम उपलब्ध गरेन छ । उत्कृष्ट छात्रालाई छात्रवृत्तिको व्यवस्थापन गरिनेछ ।
सबै स्वास्थ्य संस्थालाई थप सुधार गरिनेछ । माहाबु अस्पताल सञ्चालनमा आएको छ । उक्त भवनबाट थप सुविधा सम्पन्न बनाउने छ ।