सिमकोट । हाल सर्खुेत उपचाररत बालक युद्ध शाहीलाई चीनको ताक्लाकोटमा काम गर्दै आएका हुम्लावासीले आर्थिक सहयोग गरेका छन । घटना सार्वजनिक भएपछि उपचारको लागि सार्वजनिक अपिल गर्दा विदेशमै रहेका हुम्लावासीले आर्थिक सहयोग गरेका हुन ।
केही दिन अगाडी जिल्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाको जबुका गाउँका दुबै खुट्टा भाँचिएर घाइते भएका बालक शाहीको उपचारका लागी चीनको ताक्लाकोट रहेका हुम्लीबासील्े ८१ हजार आर्थिक सहयोग पठाएका छन् ।
चीनमा रहेका ७५ जना हुम्लीले आफ्नो एक दिनको खाजा वापदको रकम कटाएर समेत सहयोग गरेको चीनमा रहेका सिमकोट गाउँपालिका– ४ को बुराउने गाउँका जङग बहादुर लामाले बताए ।
‘शाहीको घरको आर्थिक अवस्था कमजोर तथा बुवा नभएर उपचारमा थप समस्या बनाएको समाचार प्रकाशन भएपछि आर्थिक सहयोग गर्नु पर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा आफु र नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामा मिलेर संकलन गरेको ८१ हजार सात सय रुपैया बुधबार नेपाल पठाएका हौं ।’ ‘उनले भने ।
‘प्रमुख जिल्ला अधिकारीको सक्रियतामा हाल जिल्लामा बालकको उपचारका लागी आर्थिक संकलन हुने क्रम जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको नेतृत्वमा युद्ध बचाउँ अभियान सञ्चालन भइरहेको बताए ।
घाइते बालकका बुवाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विहे गरेकी छन । जिल्लामा व्यक्तिगत, तथा विभिन्न संस्थाले गरेर यो उपचारका लागी आर्थिक सहयोग जुटाउने कार्य जारी रहनुका साथै अझै सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ ।
हाल सम्म युद्धको उपचारका लागी दुई लाख ४८ हजार ९ सय ३९ रुपैया संकलन भएको प्रजिअ आर्चायले भने । हाल घाइते बालक युद्धको उपचारका लागी कर्णाली प्रदेश सुखेर्तमा रहेको प्रादेशिक अस्पतालमा सुर्खेतमा निःशुल्क उपचार भइरहेको छ ।
सिमकोट–७ को जवुका बस्तीमा रहेको घरमा वर्षा हुँदा घर चुहिएपछि माटो खनेर ल्याउने क्रममा बालक युद्ध शाहीका दुबै खुट्टा भाँचिएका थिए ।